हावाहुरीले गुर्जामा विद्यालय भवनको छानो उडायो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा रहेको जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो बुधबार दिउँसोको हावाहुरीले उडाएको छ ।

कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको छ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो ।

हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्रहरु पनि उडाएको प्रअ न्याउली छन्त्यालले बताउनुभयो । हावाहुरीले भवनको पर्खालको केही भत्काएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

विद्यार्थीहरुलाई पुस्तक वितरण गरेर घर गएपछि हावाहुरी सुरु भएको थियो । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा करिब दुई सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।

छानो उडाएपछि पठनपाठन र कक्षा सञ्चालनका लागि कक्षा कोठाको अभाव भएको छ । यसैगरी बुधबार दिउँसो अन्नपूर्ण गाउँपालिकाको शिख, घार क्षेत्रमा परेको असिनाले हिउँदे र बर्खेबालीमा क्षति पु¥याएको छ ।

असिनापानीपछिको बाढीले विभिन्न ठाउँमा सडक, खानेपानी, सिचाईका संरचनाहरुमा क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । भुरुङ्ग–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानको जनजिवन हावाहुरी, बर्षात र असिनाले प्रभावित बनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...