सरस्वती माविका विद्यार्थीलाई कपाल काट्ने तालिम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरिएको छ ।
बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविले विद्यार्थीहरुलाई कपाल काट्ने आधारभूत सिप सिकाउन आयोजना गरेको तालिमको मंगलबार वडा अध्यक्ष अणबहादुर खड्का भगवानले उद्घाटन गर्नुभयो ।
२७ दिनसम्म सञ्चालन हुने तालिममा २१ जना विद्यार्थीहरु सहभागि भएका छन् । उनिहरुलाई सैलुन ब्यवसायी सञ्जय ठाकुरले विभिन्न डिजाइनमा कपाल काट्ने सिप प्रदान गर्नुहुने जनाइएको छ । पठनपाठन हुने बाहेकको समयमा सिप सिकाउने ब्यवस्था मिलाइएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ गुरुदत्त पौडेलले स्वागत गर्नुभएको थियो । बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रमलाई चार वर्षयता निरन्तरता दिदै आएको छ ।
‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु. एक लाखका दरले बजेट उपलब्ध गराएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...