बागलुङको रायरायँकोटमा म्याग्दी जेसीजको पर्यटन प्रर्वद्धन कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दी जेसीजको अगुवाईमा बागलुङ नगरपालिका–७ मा रहेको रायरायँकोटमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दी जेसीजको आयोजना तथा बागलुङ जेसीज र पर्वत जेसीजको सह–आयोजनामा शनिबार उक्त सूचनामुलक बोर्ड स्थापना गरिएको हो । बोर्डको उद्घाटन बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मेघराज शर्मा गैरेले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले यस्ता संरचनाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

म्याग्दी जेसीजका महासचिव गोकुल बिश्वकर्माका अनुसार, अध्यक्ष दिनेशकुमार बिश्वकर्माको जन्मस्थान समेत रहेको रायरायँकोटलाई थप चिनाउन “अध्यक्ष गाउँ प्रवद्र्धन कार्यक्रम” अन्तर्गत बोर्ड स्थापना गरिएको हो । उहाँले संस्थाको वार्षिक कार्यक्रमलाई स्मरणीय बनाउने उद्देश्यले पनि यस्तो पहल गरिएको जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा विभिन्न वक्ताहरूले पर्यटन प्रवद्र्धनसँगै तीन जिल्लाका जेसीज शाखाबीचको सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । अन्य जिल्लाका जेसीज शाखासँग समन्वय गरेर जिल्ला बाहिर पहिलो पटक कार्यक्रम भएको म्याग्दी जेसीजका महासचिव विश्वकर्माले बताउनुभयो ।

बोल्ने क्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षका सल्लाहकार तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, म्याग्दी जेसीजका पूर्व अध्यक्ष राजेन्द्र आचार्य, पर्वत जेसीजका अध्यक्ष सर्मिला शर्मा र रायरायँकोट विकास समितिका अध्यक्ष नन्दलाल गौतमले संयुक्त प्रयासले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो ।

कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष दिनेशकुमार बिश्वकर्माको अध्यक्षता, बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठको स्वागत, पर्वत जेसीजका महासचिव रामचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...