जलजलामा पर्यटकको चहलपहल बढ्न थाल्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

म्याग्दीको बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना– खोरीया– मरेनी– जलजला– ढोरपाटन हुदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

समुन्द्रि सतहदेखि तीन हजार चार सय १८ मिटर उचाईमा रहेको माथिल्लो जलजलामा ६ वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लुलाङका फुलबहादुर बिकले दैनिकजसो पर्यटकहरु आउन थालेका बताउनुभयो ।

Shreekrishna

“यसअघि ढोरपाटनमा आएका सिमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उहाँले भन्नुभयो “म्याग्दी–ढोरपाटन र पुर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”

बेनी देखि एक सय २२ किलोमिटर दुरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पुर्वी रुकुमको पुथाउत्तरगंगा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजला देखि मुना हुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तब्य बनेको छ । चार जनाको समूहमा दुई वटा मोटरसाइकलमा तीन दिनमा बुटवलबाट तकसेरा– ढोरपाटन –जलजला हुदै पोखराको यात्रा गरेका बुटवलका सुदिप न्यौपानेले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । बसन्तयाममा पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको भूगोलमा फैलिएको ढोरपाटन शिकार आरक्षको आकर्षण हो ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरी गाउँपालिका–२ लमसुङबाट घुम्न गएकी बिनु पुनले बताउनुभयो । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उहाँले भन्नुभयो , “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।
गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरी गाउँपालिकाको केन्द्र मुना देखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जंगलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ ।

दुई तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । धवलागिरि गाउँपालिकाको कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले म्याग्दीको मुना हुदै ढोरपाटन र पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नु पनि भएको बताउनुभयो ।

यस वर्ष धवलागिरी गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय लगायत पर्यटकीय पूर्वाधार निर्माण र प्रर्वद्धनको कार्यक्रम आयोजना गर्ने तयारी गरेको वडा नं. ३ का अध्यक्ष समेत रहनुभएका रोकाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...