भकिम्लीको मुख्लेभिरबाट लडेर शिकार खेल्न गएका किशोरको मृत्यु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुमा शिकार खेल्न गएका एक जना किशोरको भिरबाट लडेर मृत्यु भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

राखु स्थित कोलाधारा सामुदायिक वनमा पर्ने मुख्ले भिरबाट लडेर बेनी नगरपालिका–६ चुत्रेनीका अन्दाजी १९÷२० वर्षका सुदिप किसानको गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले घटनास्थलमै मृत्यु भएका किसानको शव बुधबार बिहान परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा ल्याएको र अनुसन्धान थालिएको बताउनुभयो ।

“सुदिप बेनपा–३ का लक्ष्मण रोका र हरिप्रसाद रोकासँगै वनकुखुरा (कालिज) मार्नका लागि रातीको समयमा वनमा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” उहाँले भन्नुभयो “रोकाद्धयको साथबाट एक वटा गुलेरी र ढुङ्गाको गोटी पनि फेला परेको छ । थप अनुसन्धान भइरहेको छ ।”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...