पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरु हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ ।

हिउँदयाममा चिसो छल्न र आहराका लागि बेशीका फाँटहरुमा ल्याइएका भेडाबाख्रा र गाईभैसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरी गाउँपालिका–३ हुुचिन र सोलवाङमा पाँच महिना राखेको गोठ लेकतर्फ लैजान मुनाको जौवारीमा सारेको स्थानीय किसान यामप्रसाद पुुनले बताउनुभयो ।

“बेशीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता÷दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौ,” उहाँले भन्नुभयो “पाँच हजार मिटर उचाईको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेशी झार्ने गर्छौ ।” बेशीबाट उकालो लागेका गोठ भदौमा हिमालको फेदीका बुकी पाटनमा पु¥याउने र असोजमा बेशी झार्ने चलन रहेको छ ।

Shreekrishna

गोठालाहरुले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । बेशीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ्य, बलिया र दूधालु हुने धवलागिरी गाउँपालिका–५ मल्कवाङका देवान छन्त्यालले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धवलागिरीको गुर्जा, लुलाङ, लमसुङ, खोरीया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मंगलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्धार, शिख, राम्चेका कृषकहरुले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले लेकतर्फ लैजानुअघि पशुहरुलाई महामारी विरुद्धको खोप लगाइएको जानकारी दिनुभयो । खोरेत, पिपिआर, भ्यागुते, चरचरे र रेविज रोगबाट पशुलाई बचाउन गण्डकी प्रदेशको पशुमा पूर्ण खोप कार्यक्रम मार्फत निशूल्क खोप लगाइएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार र स्थानीय तहहरुले घुम्ति गोठ निर्माणका लागि अनुदानका लागि बजेट बिनियोजन गरेपनि नीतिगत समस्याका कारण कृषकहरुले सुविधा पाउन सकेका छैनन् । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन संकटमा परेको छ ।

लेकाली क्षेत्रमा व्यक्तिगत जग्गा नभएको र सार्वजनिक जग्गामा संरचना बनाउँदा हुने खर्चलाई महालेखा परिक्षक तथा अख्तियार आकर्षित हुने हुँदा बजेट परिचालन हुन नसकेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुुन मगरले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...