बेनीमा करदाता सेवा शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनी नगरपालिकामा करदाता सेवा सुरु भएको छ ।

बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, ब्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संसोधन र दर्ता खारेजी भएका ब्यवसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्ने सम्बन्धी सेवा शुरु भएको हो ।

यसअघि यी सेवा लिनका लागि म्याग्दीका सेवाग्राहीहरु आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए । करदाता सम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय र खर्चको बचत भई सर्वसाधारणलाई सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

Shreekrishna

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुवात गरिएको हो । सङ्घीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सेवाले प्रशासनीक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो ।

उहाँका अनुसार कर कार्यालय बागलुङको कार्यक्षेत्र भएका जिल्लाहरु बागलुङ, पर्वत,मुस्ताङ र म्याग्दीका स्थानीय तहहरू मध्य बागलुङको गलकोट नगरपालिका, पर्वतको पैंयु गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाबाट सेवा सुरु भएको छ । अन्य जिल्लाका पालिकाहरूमा पनि विस्तारै सेवा विस्तार गरिने योजना रहेको सिलवालले बताउनुभयो ।

बेनी नगरपालिकामा करदता सेवा प्रदान गर्न नगरका राजस्वशाखाका चार जना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

करदातालाई सहजता हुने, कर भुक्तानीको लागत र समय घट्ने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्धनमा सहयोग पुग्ने बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...