
म्याग्दी, ७ वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।
स्थानीयबासीले ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृष्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्धारका बासिन्दा जसे पुुनका अनुसार दुई तले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरिरका अंग (आन्द्राभुुडी) शिवलिङ्ग, जनावरका अंगका आकृतिहरु अवलोकन गर्न सकिने गुुफा ओझलमा परेको छ ।
“गुुफाभित्र भेटिने कुनै मुर्तीकारले पहाडमा चट्टान कुुदेर बनएको जस्ता बिचित्रका दृष्यहरु देख्दा अनौठो लाग्छ,” उहाँले भन्नुभयो “स्थानीय स्तरमा सिमित यो गुुफाको धार्मिक, ऐतिहाँसिक महत्वको विषयमा अध्ययन, संरक्षण, ब्यवस्थापन, पूूर्वाधार निर्माण र प्रर्वद्धन गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पाउद्धारबासी जुुटेका छौ ।”

गणेश, शिव लगायत हिन्दुु धर्मावलम्बीहरुका देवी देवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुुहि रहने गुुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाई छ । गुुफाभित्र अध्याँरो भएकाले वत्ती अथवा लाइट बाल्नुुपर्छ ।

टेक्ने भुुई चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिड्नुुपर्छ । स्थानीयबासी बाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुुुफा अवलोकन गर्न नआएका पुनले बताउनुभयो ।
पाउद्धार गाउँदेखि सवारी साधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिडेपछि झारवाङको छेउमा रहेको गुुफामा पुगिन्छ । यसअघि गुुफासम्म पुग्ने पदमार्ग थिए । निगालोको झ्याङ समाएर गुुफासम्म पुुग्नुुुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन् ।
पाउद्धारकी पुुर्जा रोकाले आमा जैसराले पाउने पेन्सन वापतको रकम खर्चेर गुुफामा जाने करिब तीन सय मिटर पदमार्ग निर्माण गरिदिनुभएको छ । पदमार्ग निर्माणमा पाउद्धार बासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुुफासम्म पाँच सय मिटर तार तानेर बिद्युत पनि विस्तार भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुुनले उक्त गुुफाभित्रको आकृतिहरु देखेर अनौठो महशुुस भएको बताउनुभयो ।
गुफाको विषयमा विस्तृत अध्ययन अनुुसन्धान गरेर धार्मिक र ऐतिहाँसिक तथ्यहरुको खोजी थालिएको उहाँले बताउनुभयो । पाउद्धारका बासिन्दाहरुको केही दिनअघि मात्रै उक्त गुुफालाई ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेका हुुन् ।

