पोखरेबगर–घोडेपानी सडकको हल्लेखर्क खण्डमा श्रमदानबाट मर्मत

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको सडक आइतबार स्थानीयबासीले श्रमदान गरेर मर्मत गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर, बिरौटा, हल्लेखर्क, कुुरमुनी, भुवानीथान र घारका बासिन्दाहरुले स्वस्फुुर्त रुपमा श्रमदानमा सहभागी भएर सडक मर्मत गरेका हुन् । उनिहरुले यसअघि गत हप्ता पनि दुई दिन श्रमदान गरेर सोही सडकको लुलीयाघुम्तीको अप्ठ्यारो सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गरि मर्मत गरेका थिए ।

अन्नपूूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले वडाका जनप्रतिनिधी सहित करिब ४० जनाले आज दिनभर श्रमदान गरेर १५ मिटर दुुरीको सडकमा सोलिङ गरेर पोखरेबगर–घोडेपानी सडकमा बस सञ्चालन गर्न सकिने बनाएको जानकारी दिनुभयो ।

मर्मत पछि सडकमा सहज रुपमा बस र गाडीहरु चल्न थालेका छन् । वडा अध्यक्ष खड्का, स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य पनि आइतबार श्रमदान भइरहेको ठाउँमा पुगेर सहभागीहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

लुलीयाघुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जिर्ण अवस्थाका कारण स्थानीयबासीका साथै पर्यटकीय स्थल घोडेपानी भ्रमणमा जाने पर्यटकहरुलाई समस्या भएको थियो । पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलीयाघुम्ती र हल्लेखर्क पहिरोमा सवारी साधन उक्लन नसक्ने, बिचैमा अड्कीने र दुर्घटना हुने समस्या बढेको थियो ।

संघीय सरकारले बजेट बिनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाईका कारण जोखिम बढेपछि समुदाय स्तरमा श्रमदान गरेर अस्थायी रुपमा मर्मत गरिएको हो । अन्नपूूर्ण गाउँपालिकाले ग्यावीयन जाली, ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रा.ली.बाट रु. ५० हजार नगद र अन्य दाताहरुबाट सामग्री सहयोग भएको छ ।

जनप्रतिनिधीहरुबाट निरन्तर ताकेता भएपछि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले बिहिबार मात्रै रु. तीन करोड बजेट बिनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का आव्हान गरेको छ ।

घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रंगिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खोलेको हुँदा भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ । लालीगुराँसको जंगल, पुनहिलबाट हिमशृङखला अवलोकनका लागि सवारी साधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको चाप छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...