बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र सञ्चालन

Beni Sanjibani

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा मंगलबार देखि अक्सिजन उत्पादन सुरु भएको छ ।

जिल्लामै अक्सिजन उत्पादन हुन थालेपछि स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । यसअघि सिलिण्डरमा अक्सिजन भर्न पोखरा पुग्नुपर्ने बाध्यता थियो । बेनी अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कडेलले अक्सिजन पलान्ट सञ्चालन भएको जानकारी दिनुभयो ।

‘स्वासप्रस्वास, आइसीयुमा राख्नुपर्ने, दम लगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ,’ उनले भने ‘घरमै अस्किजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत हुन्छ ।’

Mangala Health notice about Je

पलान्टबाट अस्पतालको बेडमै पाइपलाइन मार्फत अस्किजन पु¥याउने तयारी गरेको कडेलले बताए । जसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट पठाएको छ । पलान्टले एक दिनमा १५ वटा सम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डाक्टर कडेलले बताउनुभयो ।

हाल १० वटा सम्म सिलिण्डर भर्ने डाक्टर कडेलले बताउनुभयो । अस्पतालमा अहिले दैनिक २० देखि २५ जना स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् ।

Beni nagarpalika ko janahit ma jari notice

हावालाई प्रसोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान भएको छ । एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पुर्बाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘सामाजिक बिकास मन्त्रालयले गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट पठाएकोमा प्रतिस्पर्धा मार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो,’ उनले भने ‘संघीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम मार्फत रघुगंगा गाउँपालिकाले दिएको १४ लाख रुपैयाँ र अस्पतालको एक लाख ४० हजार रुपैयाँमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर पलान्ट सञ्चालनमा ल्याएका छौ ।’

मन्त्रालयको ५ लाख रुपैयाँ सहयोगमा अक्सिजन पलान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको ३० लाख रुपैयाँबाट सघन उपचार कक्षमा १ वटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताउनुभयो ।

२०७२ मा ५० शैया क्षमतामा स्तरोन्निति भएको बेनी अस्पतालले हालै ५ शैयाँ क्षमताको सघन उपचार कक्ष (आइसीयु) सञ्चालनमा ल्याएको थियो । गत साउन महिनादेखि मृगौलाको डायलाइसीस सेवा सुरु गरेको अस्पतालले आँखा उपचार कक्ष समेत सञ्चालन गरेको छ ।

फोहोर ब्यवस्थापन केन्द्र समेत स्थापना गरेको छ । ५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ति र दरबन्दि अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौति देखिएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...