म्याग्दीमा घरमै राहदानी उपलब्ध गराउने सेवा शुरु

Gandaki Ghumau

बेनी । म्याग्दीमा सेवाग्राहीलाई घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हुलाक कार्यालयका कर्मचारी मार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो ।

नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय मध्य २७ नम्बर बुदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो ।

“सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीति अनुसारको काम बुधबारबाट शुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “हुलाक कार्यालय मार्फत राहदानीलाई घरमै पुुगेर सेवाग्राहीलाई उपलब्ध गराउने सेवालाई निरन्तरता दिन्छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

पहिलो दिन बेनी नगरपालिका–२ का चार जना र वडा नम्बर ६का दुई जनालाई घरै पुुगेर राहदानी उपलब्ध गराइएको प्रजिअ आचार्यले बताउनुभयो । बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोटका सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रजिअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गर्नुभयो ।

कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गर्नुभएको छ । यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ । घरमै राहदानी प्राप्त गरेकी सरस्वती घिमिरे थापाले प्रशासन कार्यालय जाँदा हुुने समय र भाडावापत हुने खर्च बचेत भएको बताउनुभयो ।

“पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो,” उहाँले भन्नुभयो “सरकारले घरमै ल्याइदिने व्यवस्था गर्दा हामी सर्वसाधारणलाई ठुलो राहत मिलेको छ ।” यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...