फलातेको शारदा आधारभूतले स्वर्ण जयन्ति मनायो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ
शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार बिबिध कार्यक्रम सहित स्वर्ण जयन्ति मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वन्तजयन्ती स्तम्भको अनावरण गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलक गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई बेलायतमा रहेका चन्देवी र लोक गर्बुजाले झोला तथा इनकुमारी र रामप्रसाद पाईजाले ट्याक सुट वितरण गर्नुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

विद्यार्थी र अभिभावक तथा कलाकारहरुले मौलिक पुख्यौली नृत्य प्रस्तुत गर्नुभएको थियो । प्रअ अनिता पुनले स्वागत गर्नुभएको कार्यक्रममा, स्वर्ण जयन्ति संयोजक केश गौचन, आसबहादुर पुर्जा, पुर्व प्रअ हरिला आचार्य, भक्तबहादुर क्षेत्री, सहयोगदाता दलबहादुर शेरचन, बेलबहादुर पुर्जालाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

Shreekrishna

गाउँपालिकाको शिक्षा शाखाका मेखबहादुर घर्ती क्षेत्री, अन्नपूर्ण गाउँपालिका ५ का वडा अध्यक्ष रामबहादुर पुर्जा, ६ का सदस्य चिनबहादुर गर्बुजा, शिख माविका ब्यवस्थापन समिति अध्यक्ष बागबिर पाइजा, प्रअ खेम पुनले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...