जलेश्वरमा बस र ट्रक ठोक्कीदाँ १५ जना भारतीय तिर्थयात्री घाइते

Gandaki Ghumau

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्कीएर दुर्घटना हुँदा १५ जना भारतीय तिर्थयात्रीहरु घाइते भएका छन् ।

मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग.प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्कीएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस र ट्रकको अगाडीको भाग पूर्ण क्षत्ति भएको छ । बसमा सवारी २४ जना मध्य चालक र सहचालक सहित सहित नौ जना सकसुल छन् । घाइतेहरु मुस्ताङको मुक्तिनाथ तिर्थयात्रा गरेर फर्कदै गरेको भारतीय तिर्थयात्रीहरु रहेका प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

Gunasthariya Shiksya

भारतको उत्तरप्रदेशका ६२ वर्षीय दिपकराज मित्तल, ६३ वर्षीय शंकर लाल केशवानी, ४२ वर्षीय, कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीय सिम्रन साहाय, हरियानाका ६७ का प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ का अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरबिन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा, ४८ वर्षीय बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया रिचा कौशिक, ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय बिनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।

Shreekrishna

अस्पतालका अनुसार घाइतेहरुमध्य अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ । बस चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ का लाहाचोकका ३१ वर्षीय विकास जिसी घाइतको उपचारमा संलग्न र ट्रक चालक पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २८ वर्षीय नारायणप्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेका प्रहरीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...