अबको चुनावमा ओलीको घरौटी जफत हुन्छ–नेकपा नेता कोइराला

Beni Sanjibani

बेनी । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रको डिजाइनमा प्रतिनिधिसभा बिघटन गरेर नेपालमा अस्थिरिता निम्ताएको नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा बिघटन बिरुद्ध नेकपा म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको बिरोध प्रर्दशनपछि आयोजित सभामा बोल्ने बत्ताहरुले आफ्नै बहुमत भएको संसद बिघटन गरेर ओलीले संबैधानिक (कु) र जनमतको घोर अपमान गरेका बताए ।

नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले ओलीले बैशाखमा चुनाव गर्न नसक्ने र त्यसपछि संकटकाल लगाएर जनताको अधिकार खोस्ने बाटोमा अघि बढेका बताउनुभयो ।

Mangala Health notice about Je

आफ्नै पार्टीको दुई तिहाई बहुमत नजिकको संसद बिघटन गरेर जनमतको अपमान गरेका ओलीको दुई तिहाई मत ल्याएर जित्ने भाषण दिवासपना भएको बताउदै कोइरालाले संसदको सम्मान र संबिधानको रक्षा गर्न सक्नेका लागि मात्र जनमत लिने अधिकार भएको बताउनुभयो ।

‘ओलीलाई यस्तो अवस्थामा चुनाव गर्ने हो भने आफ्नै धरौटी जफत हुन्छ भन्ने राम्रोसँग थाहा छ, उनको चुनाव गर्ने नियतनै छैन्,’ उहाँले भन्नुभयो ‘सबैले आन्दोलन गरेर प्रतिनिधिसभा पुनस्थापना नगर्ने हो भने ओलीले संबिधाननै समान्त पार्ने, अदालतलाई निश्क्रीय बनाउने र स्वच्छाचारी दंगले राज्य सञ्चालन गर्ने तयारीमा छन् ।’

नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले संबिधानको रक्षा, बिधिको शासन र कानुनी राज्य स्थापना गर्न संसद पुनस्थापनाको बिकल्प नभएको बताउनुभयो । उहाँले ओलीले आत्मआलोचना गरेर संसद पुनस्थापना गर्नुपर्ने बताउँदै सम्मानित संस्था राष्ट्रपति पदलाई पनि बिवादमा तानेर बदनाम गरेको बताउनुभयो ।

नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य हिराबहादुर केसीले सत्तामा बसेर शक्तिको दुरुपयोग र भ्रष्ट्राचारीको संरक्षण गरेका ओलीले भारतीय गुप्तचर संस्था रको योजना अनुसार आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिका लागि सनकमा संसद बिघटन गरेको बताउनुभयो ।

Beni nagarpalika ko janahit ma jari notice

गण्डकी प्रदेशका सांसद तथा नेकपाका प्रदेश कमिटि सदस्य बिनोद केसीले ओलीको स्वच्छाचारी कार्यशैलीका कारण सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्ट्राचार मौलाएको, बिकासमा अवरोध भएको, पहुँचका आधारमा बजेट र योजना बाडफाट भएका र शुसासन कायम हुन नसकेपछि उनको साथ छोडेर आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो ।

नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुबेदीले पुर्ब एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै बिबेकलाई बन्धक नराख्न र सत्यको पछी उभिन आग्रह गर्नुभयो । ‘नेपालमा संबिधान, कानुन र बिधी छ भने हाम्रो समूहको पार्टीले बैधानिकता र सुर्य चुनाव चिन्ह पाउँछ,’ उहाँले भन्नुभयो ‘अदालत र निर्वाचन आयोगले ओली र रको सेटिङमा निर्णय गरेको खण्डमा नेपालमा संबिधान, बिधी र कानुनको अस्तित्वनै रहदैन् । फेरी अर्को आन्दोलन हुन्छ ।’

उहाँले मौन बसेका र ओली समूहमा लागेका म्याग्दीका नेता कार्यकर्ताहरुलाई कुनै पुर्बाग्रही भावना नराखी सत्य र सहि निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । म्याग्दी स्थित संघ संस्थाहरुले ओलीको असंबैधानिक कदम बिरुद्ध साधेको मौनताप्रति सुबेदीले प्रश्न उठाउनुभयो ।

नेकपा म्याग्दीका अर्का कार्यालय सदस्य रेशम जुग्जालीले कम्युनिष्ट एकता, स्थिरता, सुशासन, बिकास र सम्बृद्धीको नारा लगाएर चुनाव जितेका ओलीलाई करिब तीन वर्ष पार्टी भित्रै बसेर खबरदारी गरेपनि बेवास्ता गरेपछि अहिलेको अवस्था सिर्जना भएको र उनकै बिरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

राजाले प्रजातन्त्रको घाँटी निमोठे जस्तै गरी ओलीले जंगबहादुरको शैलीमा आफ्नै पार्टीका नेता, कार्यकर्ता र आम जनताको भावना बिपरित संसद बिघटन गरेर गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी ब्यवस्थालाइनै धरापमा पारेको जुग्जालीको भनाई थियो । नेपाली काँग्रेसलाई ओलीले चुनाव गराइदेलान र पहिलो पार्टी बनौला भन्ने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन गरेका नेकपा म्याग्दीका सचिवालय सदस्य कृष्णकुमार बिश्वकर्माले अहिले पार्टीमा देखिएको बिभाजन पुर्व एमाले र पुर्व माओवादीका हिसाबले नभएर ओलीको गलत कदमलाई साथ दिने र नदिनेहरुबीच भएको स्पष्ट हुन आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु भएको बिरोध ¥यालीमा सहभागिहरुले प्रतिनिधिसभा पुनस्थापना गर्न, संबिधान, संघीय गणतन्त्रात्मक ब्यवस्थाको रक्षा, कानुनी राज्य सञ्चालन, भ्रष्ट्राचारको अन्त्य, शुसासन कायम, बैदेशिक हस्तक्षेपको अन्त्य, काठमाडौमा आन्दोलनरत उखु किसानको माग पुरा गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...