ज्याला माग्दा ठेकेदारले धम्काउन थालेपछि दरवाङको सभाहल निर्माण योजनाका मजदुरहरु सुरक्षा खोज्दै बेनीमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजनामा काम गरेका मजदुरलाई ठेकेदारले ज्याला नदिएपछि बिचल्ली भएको छ ।

करिब पाँच महिनासम्म सभाहल निर्माणमा खटिएका मजदुरलाई ठेकेदारले ज्याला नदिएपछि दिलाईदिन माग गर्दै प्रशासन र प्रहरी गुहारेका छन् । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा एक करोढ १९ लाख रुपैयाँमा ठेक्का लिएको बागलुङको जयलक्ष्मी निर्माण सेवाका सञ्चालक जयन्द्र श्रेष्ठले मजदुरलाई ज्याला माग्दा दादागिरी देखाएर ज्यादति गरेका गुनासो गरेका छन् ।

सोलुखुम्बुबाट आएर सभाहल निर्माणमा मजदुरी गरेका मजदुर छिरी शेर्पाले १३ लाख रुपैयाँ भन्दा बढी भुक्तानी पाउनुपर्नेमा हालसम्म विभिन्न मितिमा छ लाख ३२ हजार रुपैयाँ मात्र दिएको बताउनुभयो । शेर्पा लगायत २५ जना मजदुरहरुले गत साउन महिनादेखि सुरु गरेको भवन निर्माणको काम १५ दिनअघि सकेका थिए ।

Shreekrishna hardwear in news

कोरोनाको जोखिम, बर्खाको झरी, बादल नभनी दुई वर्षका बच्चालाई काँखमा च्यापेर काम गरेपनि ज्याला दिन आनाकानी गरेका ठेकेदारले गुण्डा लगाएर कुट्ने धम्की दिएपछि सुरक्षा र ज्याला माग्दै बेनी आएर प्रशासनमा जानकारी गराएको अर्का मजदुर माया शेर्पाले बताउनुभयो ।
ठेकेदारले ज्याला नदिएका कारण पैसा नभएर भोकै बस्नुपरेको, कोठाभाडा तिर्न नसकेको र बिचल्ली भएको मजदुरहरुले गुनासो गरेका छन् । काम गरुन्जेल थोरै थोरै रकम पठाउने ठेकेदारले फोनै उठाउन छाडेको र उल्टै स्थानीय युवाहरु लगाएर धम्काउन थालेपछि असुरक्षित महसुस गरेर बेनी आएको मजदुरहरुले बताएका छन् ।

ठेकेदार जयन्द्र श्रेष्ठले भने मजदुरहरुलाई काम गरेको भन्दा बढी ज्याला दिएको तर्क गर्दै गाउँपालिकाले अन्तिम बिलको भुक्तानी दिएपछि बल्ल मजदुर र आपुर्तिकर्तालाई भुक्तानी दिन सक्ने बताउनुभयो । प्रहरी नायव उपरिक्षक किरनजंङ्ग कुँवरले मजदुरले गुनासो गरेपछि ठेकेदारलाई सम्पर्क गरेर ज्याला दिलाउन ताकेता गरेको बताउनुभयो ।

मालिका गाउँपालिकाका इञ्जिनियर नमनारायण ढुङ्गानाका अनुसार २०७६ फागुन १५ गते सम्झौता भएको भवन २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य छ ।

Bhautik ministry notice about road

लक्ष्य भन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियालाई शंकास्पद रुपमा हेरिएको स्थानीयबासीले बताएका छन् । अस्वभाविक लागत बनाएको, अनुकुलका ठेकेदारलाई काम लगाउन ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल भएको आरोप लागेको छ ।

१५० जना क्षमताको सो सभाहलको लम्बाई ७७ फिट ७ इञ्च र चौडाई ४२ फिट ३ ईञ्ज छ । एकतले सभाहल भवनमा पिल्लर प्रयोग गरिएको छैन् । स्टेज, दुई वटा चेञ्जिङ रुम, तीन वटा शौचालय, पानी टंकी बनाइएको छ । टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ ।


इञ्जिनियर ढुङ्गानाले आफू नियुक्त हुनुअघिनै तत्कालीन भवन डिभिजनको प्राबिधिक सहयोगमा इबिडबाट ठेक्का लगाइएको र डिजाइन अनुसार भुक्तानी भएको बताउनुभयो । २० लाख रुपैयाँ पेश्कि लगेको ठेकेदारले दोस्रो चरणमा थप ४६ लाख रुपैयाँ भुक्तानी पाएको छ । अन्तिम बिल भुक्तानी गर्न कर्मचारीहरुले आनाकानी गरेको ठेकेदार श्रेष्ठले आरोप लगाउनुभएको छ ।

गाउँपालिकाले एक करोड १९ लाख रुपैयामा सम्झौता भएको जानकारी दिएपनि ठेकेदार श्रेष्ठले करबाहेक एक करोड ४ लाखमा ठेक्का लिएको बताएका छन् । ११ फिट अग्लो इटाको पर्खाल लगाइएको भुई ढलान गरिएको छ भने ट्रसको उचाई ५ फिट छ ।

इञ्जिनियर ढुङ्गानाले ठेक्कामा १५ प्रतिशत ओभरहेड, १० प्रतिशत नाफा र डेढ प्रतिशत जमानत समेत जोडिने भएकाले लागत बढी देखिनु स्वभाविक भएको बताउँदै शंका नगर्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले प्रदेश सरकारले तयार पारेको डिजाइन अनुसार भवन डिभिजनको प्राबिधिक सहयोगमा ठेक्का लगाई पालिकाका प्राबिधिकहरुको निगरानीमा सभाहल निर्माण भएको हुनाले शंका गर्नु नपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...