म्याग्दी पोखरा चौतारीको अधिवेशन

Gandaki Ghumau

पोखरा। पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आवद्ध म्याग्दी–पोखरा चौतारीको १९ औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

पोखरामा शनिबार सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा संस्थाले प्रकाशन गरेको २०८३ को भित्तेपात्रोको म्याग्दीका पुर्व सांसद तथा साहित्यकार चन्द्रप्रकाश बानियाले बिमोचन गर्नुभयो ।

Gunasthariya Shiksya

डा. मेखबहादुर खत्रीको अध्यक्षतामा २१ सदस्यीय चौतारीको कार्यसमिति सर्वसम्मत चयन भएको छ । सदस्यहरुमा गोपाल घिमिरे, झलकनाथ शर्मा, गोकर्ण बरुवाल, लक्ष्मी पुन, विना पाइजा, दलमान छन्त्याल, लोकनाथ भट्टराई, सरस्वती खड्का, हरि घिमिरे, शेषराम पुर्जा, शर्मिला खत्री, उमेश तुलाचन, सुजन श्रेष्ठ, पत्तबहादुर छन्त्याल, बिष्णु गिरि, कृष्ण रिजाल, प्रदिप खत्री, प्रेमबहादुर थापा, पूर्णबहादुर बानिया रहनुभएको छ ।

Shreekrishna

कार्यसमितिको पहिलो बैठकले जिम्मेवारी बाँझफाँड गरिने संस्थाका सदस्य हरि घिमिरेले बताउनुभयो । रामचन्द्र आचार्य प्रमुख निर्वाचन अधिकृत, महेश पराजुली र पूर्णबहादुर पुन सदस्य रहेको निर्वाचन समितिले अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन समितिको भूमिका निर्वाह गर्नुभएको थियो । मेखबहादुर खत्रीको अध्यक्षता, झलकनाथ शर्माको सञ्चालन र बरिष्ठ उपाध्यक्ष गोपाल घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...