बिमका पहिरो पिडितको पुनःस्थापनाका लागि जग्गा खरिद

Sinchai Khanipani notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरबास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ ।

पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका संघले पाँच रोपनी जग्गा खरिद गरेको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएको थियो ।

आठ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । घरबास गुमाएका मध्य १ जनाको काठमाडौमा घर छ । २० जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाहरुले पहिचान गरेको जग्गा संघले खरिद गरेको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

२० लाख रुपैयाँमा बिमको तल्लो गाउँ स्थित हिराजित स्मृति युवा क्लवको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गर्नुभएका दल शेरबुजाले बताउनुभयो । सो जग्गामा घर निर्माण गरेर पहिरो पिडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ । स्वदेश तथा बिदेशमा रहेका बिमबासीहरुले आर्थिक स्रोत जुटाएका हुन् ।

वडा अध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म ८ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले १० वटा घर बनाउने तयारी गरेको छ ।

उनिहरुको पुर्नबासका लागि समुदाय स्तरबाट स्वदेश तथा बिदेशमा आर्थिक सहयोग समेत संकलन भएको छ । घरबास गुमाएकाहरुलाई बिदेश र सहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...