म्याग्दीमा एसइईमा सहभागी हुने विद्यार्थीको संख्या निरन्तर ओरालो

Gandaki Ghumau

बेनी, । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सख्ंया घट्दो क्रममा रहेको छ ।

जिल्लामा यस बर्ष दुई हजार ३५ जना विद्यार्थीहरुले एसइई परिक्षामा सहभागी हुने भएका छन् । गत बर्ष कुल दुई हजार २१६ जना परीक्षार्थी रहेकोमा यस बर्ष ११ जनाले विद्यार्थी घटेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

यस वर्ष जिल्लाबाट साधारणतर्फ नियमित एक हजार छ सय ३५ जना र ग्रेडवृद्धितर्फ तीन सय ३५ जना तथा प्राविधिक धारतर्फ नियमित ६६ जना र ग्रेडवृद्धितर्फ नौ जनाले एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विदुर चापागाईंले जानकारी दिनुभयो ।

Shreekrishna

परीक्षामा छात्रा एक हजार ४६ जना र छात्र नौ सय नौ सय ८९ जना सहभागी हुनेछन् । यही चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि म्याग्दीमा आठ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका आइपुगेको र केन्द्राध्यक्ष नियुक्त गरी जनशक्ति व्यवस्थापनको काम सकिएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।

Gunasthariya Shiksya

परीक्षा सञ्चालनका लागि प्रकाश माध्यमिक विद्यालय बेनी, बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय बेनी र माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीलाई परीक्षा केन्द्र तोकिएको छ । त्यसैगरी मंगला माध्यमिक विद्यालय बाबियाचौर, जनप्रिय माध्यमिक विद्यालय दरवाङ, हेम माध्यमिक विद्यालय शिवाङ तथा पोखरे आधारभूत विद्यालयलाई पनि परीक्षा केन्द्र तोकिएको छ ।

जिल्लाका छ स्थानीय तहमध्ये बेनी नगरपालिकाभित्र चार वटा तथा अन्य चार गाउँपालिकामा १÷१ वटा परीक्षा केन्द्र तोकिएको छ भने यस बर्ष रघुगंगा गाउँपालिका एसइई परीक्षा केन्द्र विहिन बनेको छ । रघुगंगामा विगतका वर्षहरूमा मुक्तिधाम माध्यमिक विद्यालय भगवतीमा केन्द्र तोकिने गरेको भए पनि यस वर्ष हटाइएको छ ।

त्यस्तै बेनी नगरपालिका–४ स्थित धवलागिरी माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयका परीक्षा केन्द्र पनि यस वर्ष हटाइएका छन् । धवलागिरी मावि परिक्षा केन्द्रका विद्यार्थीहरुलाई पायक पर्ने गरी मंगला र बेनीका परीक्षा केन्द्रमा समावेश गरिएको छ भने मुक्तिमार्ग माविको परीक्षा केन्द्र हटेपनि गाउँपालिकाको पहलमा पोखरेबगरमा नयाँ परीक्षा केन्द्र तोकेर पालिकाभरका सबै विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाईएको छ ।

रघुगंगाको मुक्तिधाम मावि परीक्षा केन्द्रमा विद्यार्थी संख्या कम भएको र केहि विद्यालयहरुले परीक्षा केन्द्रलाई अपायक पर्ने भनेपछि त्यहाँका विद्यार्थीहरु सबैलाई बेनीमै नयाँ परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने व्यवस्था गरीएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
जिल्लामा परीक्षा केन्द्र तोकिएका मध्ये धवलागिरी गाउँपालिकाको सिवाङ स्थित हेम माध्यमिक विद्यालयमा २४४, मालिका गाउँपालिकाको दरवाङस्थित जनप्रिय माध्यमिक विद्यालय केन्द्रमा २८४ जना, मंगला गाउँपालिकाको बाबियाचौरस्थित मंगला माध्यमिक विद्यालय केन्द्रमा २८४ जना र अन्नपूर्ण गाउँपालिका–६ पोखरे आधारभूत विद्यालय केन्द्रमा १३९ जना विद्यार्थी सहभागी हुनेछन् । बेनीको माउन्ट एभरेष्ट आवासीय मावि बेनी केन्द्रमा २४० जना, प्रकाश मावि केन्द्रमा २६६ जना, बेनी सामुदायिक माविमा २८८ जना र न्यू वेस्ट पोइन्ट आवासीय माविमा २७७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...