धारापानीका खड्ग थापाको कलेजो प्रत्यारोपणका लागि करिब १४ लाख सहयोग

Gandaki Pardesh notice

बेनी,। कलेजोमा समस्या देखिएपछि थलिएका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि १३ लाख ९६ हजार ३९६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

काठमाडौ–धारापानी सम्पर्क समाजले स्वदेश तथा बिदेशमा रहेकाहरुबाट सो रकम संकलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको हो । अभियानको नेतृत्व गर्नुभएका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापालेसंकलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

नामावली र ठेगाना सहितको बिबरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । संयोजक थापा सहित समाजका प्रमुख सल्लाहकार बेदबहादुर थापा, खड्गबहाुर थापा, अर्जुनबहादुर थापा लगायतको पहलमा सो रकम संकलन गरिएको थियो । फलियागाउँ–काठमाडौ समाजले पनि सहयोग जुटाउन सघाएको थियो ।

Shreekrishna hardwear in news

जस अन्तरगत नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा ६८ हजार ५०५ रुपैयाँ सहयोग जुटेको छ । कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा ६९ हजार रुपैया, जापानबाट काजी थापा, जितबहादुर खत्री र अमृत थापाको पहलमा एक लाख ८८ हजार १९० रुपैयाँ, अस्टे«लीयाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भुपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा एक लाख ८७ हजार रुपैयाँ संकलन भएको थियो ।

बेनीमा बस्दै आउनुभएका ५३ वर्षीय थापाको उपचारको क्रममा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका थिए । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्युरोडका ब्यवसायीहरु र थापाका आफन्त एवम् धारापानीका बासिन्दाहरुले पनि सहयोग गरेका थिए ।

Bhautik ministry notice about road

निर्माण सम्बन्धी काम गरेर जिबिकोपार्जन गर्दै आउनुभएका थापाको हाल भारतको मुम्बई स्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमति यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताउनुभयो ।

सहयोगदाताहरुको बिबरण यस प्रकार रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...