प्रवासमा ज्यान गुमाएकाको परिवारलाई मोनाको सहयोग

Add Samajik bikash office

बेनी, । रोजगारको शिलशिलामा प्रवासमा रहेको अवस्थामा ज्यान गुमाएका बेनी नगरपालिका–५ पुरुण्डीका मंगलसेन दर्जीका परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले आर्थिक सहयोग गरेको छ ।

Bhautik ministry notice about road

कतारमा कोरोनाका कारण ज्यान गुमाएका दर्जीकी श्रीमति मायालाई सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, मोनाका महासचिब बिक्रम कार्की, मोना हङकङका संस्थापक दल शेरबुजाले साठी हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । मोना कतारको आव्हानमा रकम संकलन गरेर उपलब्ध गराइएको महासचिव कार्कीले बताउनुभयो ।

मालिका गाउँपालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीको समेत उपस्थिति रहेको कार्यक्रममा प्रजिअ अधिकारीले प्रवासीले म्याग्दीको सामाजिक, आर्थिक, शैक्षिक बिकास, स्वास्थ्य लगायत क्षेत्रमा पु¥याएको योगदान प्रशसनीय रहेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...