म्याग्दी काँग्रेसका नेताहरुले क्याम्पसचोकमा उभिएर भने -ओलिले जनमतको अपमान गरे

Gandaki Pardesh notice

बेनी । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार बेनीमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक, स्वेच्छाचारी र सनकका भरमा जनमतको अपमान गर्दै प्रतिनिधिसभा बिघटन गरेको कांग्रेसले जनाएको छ ।

क्याम्पसचोकमा भएको कोणसभामा काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले, प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवै चलाउन नसकेको परिणाम नागरिकले भोग्न बाध्य भएको बताउनुभयो । उहाँले कांग्रेस निर्वाचनदेखि नभाग्ने र यसलाई आन्दोलनको रुपमा उपयोग गर्ने बताउनुभयो ।

‘अब जनतामाझ जान्छौं, कम्युनिष्टहरुले सरकार चलाउन सकेनन्, स्थायीत्व र सुशासन दिन सकेनन्’ उहाँले भन्नुभयो ‘संबिधानलाई चिरहरण गर्ने राष्ट्रपतिलाई संबिधानको संरक्षक बन्न नदिई प्रधानमन्त्रीले आफ्नो सहयोगी बनाएर पदको दुरुपयोग गरे ।’

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संविधान सभा सदस्य रेशमबहादुर बानियाँले ओलीले गरेको कार्य असंबैधानिक भएको बताउदै संसद बिघटन गर्ने अधिकार संविधानको कुनै पनि धारा उपधारामा नरहेको बताउनुभयो । ‘कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, सधैँ सम्मान गरेको छ । धम्क्याएर होइन । अदालतले जुनसुकै किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौं, बानी पनि छैन, चलन पनि छैन’ बानियाँले भन्नुभयो, ‘अदालतलाई स्वविवेकीय अधिकार छ । अदालतको अधिकारको निर्णयलाई हामी स्वीकार गर्नेछौं । अन्तिम ठाउँ न्यायालय हो । हाम्रो पक्षमा होस्, विपक्षमा होस् मान्न तयार छौं । तर अहिले प्रधानमन्त्रीले जुन कमद चालेका छन् त्यसको सबैले विरोध गर्नुपर्छ ।’

त्यस्तै बानियाँले म्याग्दीका जनताले भोट दिएर जिताएका सांसद अवसर कुरेर बसेका कारण कतै नदेखीएको र यसले जनताको मतको अपमान भएको बताउनुभयो । कार्यक्रममा पूर्व सभापति डा. भुपेन्द्र खड्का, पूर्व सहसभापती नेत्र महत, सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या मिनबहादुर कार्की, महिला संघ उपाध्यक्ष निर्मला श्रेष्ठ, जिल्ला सदस्य केबि भण्डारी, महादिवेशन प्रतिनिध चिरञ्जीवी शर्माले प्रधानमन्त्रीको असंबैधानिक कमदको विरुद्ध गर्दै सबै एकजुट भएर संविधानको रक्षा गर्नुपर्ने दिन आएको बताएका थिए ।

कार्यक्रम पार्टी सह–सचिव भरतबहादुर रकालको सञ्चालन, उपसभापती माधव प्रसाद रेग्मीको स्वागतमा सम्पन्न भएको थियो । क्यापसचोकमा विरोधसभा हुनुअघि पार्टी कार्यालय संगमचोकबाट सुरु भएको ¥यालीले नारा लगाउदै बेनी बजार परिकर्मा लगाएका थिए । नेपाली कांग्रेसले आज (सोमबार) १६५ वटै निर्वाचन क्षेत्रमा बिरोध सभाको आयोजना गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...