मरेकको नवज्योति छेपारेमा स्थानान्तरण गरेर पुनःसञ्चालन

Sinchai Khanipani notice

बेनी, । बेनी नगरपालिका–३ मरेकमा २ वर्षअघि बिद्यार्थी अभावका कारण बन्द भएको नवज्योति आधारभूत बिद्यालय छिमेकी गाउँ छेपारेमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरिएको छ ।
करिब २० घरधुरीको बसोबास रहेको मरेकमा रहेको बिद्यालय बसाइसराई, स्थानीयले आफ्ना छोराछोरी बजारका बिद्यालयमा पढाउने क्रम बढेपछि बन्द भएको थियो ।

यसअघि मरेकको बिद्यालय छिमेकी गाउँ छेपारेमा सार्ने बिषयमा छलफल चलेपनि जग्गा र भवन नहुँदा मुर्त रुप लिन सकेको थिएन् । बिदेशमा रहेका छेपारेका युवा युवतिहरुले भवन निर्माणका लागि जग्गा खरिद गर्न आर्थिक संकलन र २ जना शिक्षकको दरबन्दि सुरक्षित रहेकाले स्थानान्तरण र पुनसञ्चालन सम्भव भएको हो ।

हालै शिक्षा विकास तथा समन्वय इकाइ र बेनी नगरपालिकाको टोलीले छेपारेमा पुगेर हाललाई जनजागृति आधारभूत बालबिकास केन्द्रको भवनमा कक्षा १ को पठनपाठन सुरु गर्न निर्देशन दिएको प्रअ रुद्रबहादुर श्रिसले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कक्षा ३ सम्मको पठनपाठन सञ्चालन गर्ने अनुमति पाउने प्रक्रियामा रहेको छ । बिद्यालय पुनसञ्चालन भएपछि छेपारे र मरेकका बालबालिकाहरुलाई अध्ययनका लागि एक घण्टा भन्दा बढी समय हिडेर बिद्यालय जानुपर्ने समस्या हटेको छ । बिद्यालय नहुँदा मुसुङ आधारभूत बिद्यालयमा जाने गरेका थिए । बिद्यालय सञ्चालन भएपछि स्थानीयबासी खुसी र उत्साहित भएका छन् ।

Bhautik ministry notice about road

बिद्यालय पुनसञ्चालनका लागि बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, भकिम्लीका वडा अध्यक्ष पदम पुन, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्री, स्थानीय इन्द्रबहादुर थापा, शिक्षक रुद्रबहादुर श्रीस, बाल बिकास केन्द्रका अध्यक्ष कुलबिर विश्वकर्मा, स्थानीय कुलबहादुर श्रीस लगायत स्वदेश तथा बिदेशबाट सकारात्मक सहयोग भएको थियो ।

बिद्यालय भवन निर्माणका लागि छेपारेबाट बैदेशिक रोजगारमा गएका करिब ४० जना युवाहरु आर्थिक संकलनमा जुटेका छन् । स्थानीय दिलमाया श्रीस र मनप्रसाद पुनको करिब साढे तीन रोपनी जग्गा छ लाख रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ ।

हालसम्म पाँच लाख रुपैयाँ भन्दा बढी चन्दा घोषणा भएको र करिब चार लाख रुपैयाँ संकलन भइसकेको बैदेशिक रोजगार आर्थिक सहयोग संकलनका संयोजक बिनोद बिश्वकर्माले बताउनुभयो । केही दिनमै बिद्यालयको नाममा मालपोत कार्यालयबाट जग्गा प्राप्ति हुने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...