नेपालको राजनीतिक संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेस म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी.)ले नेपालको राजनीतिक संकट समाधानका लागि आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनुभएको छ ।

बेनीमा आइतबार घरदैलो गर्ने क्रममा पत्रकारहरुसँग प्रतिक्रिया दिदै नेपाली काँग्रेस म्याग्दीका उपसभापति समेत रहेका भण्डारीले गाउँ गाउँमा चुनावी अभियानका क्रममा मतदाताहरुबाट पाएको विश्वासले उत्साहीत भएको बताउनुभयो ।

Gunasthariya Shiksya

“नेपालमा अहिले देखिएको राजनीतिक संकटको मोचन गर्ने शक्ति नेपाली काँग्रेस भएको जनताले बुझेर मलाई म्याग्दीका मतदाताहरुले विश्वास गर्नुहुन्छ भन्ने महशुस गरेको छु,” उहाँले भन्नुभयो “काँग्रेसका केन्द्रिय सदस्य रेशम बानिया र जिल्ला सभापति तथा निवर्तमान सांसद खम्बिर गर्बुजाले औलामा समातेर जनताको घरघरमा लगेर पार्टीलाई एकतावद्ध भएको सन्देश दिनुभएकाले जितको आधार बनेको छ ।”

Shreekrishna

म्याग्दीको समस्या, आवश्यकतालाई नजिकबाट अनुभव गरेकाले त्यसलाई नीतिगत रुपमा समाधान गर्ने आफ्नो क्षमतालाई जनताले विश्वास गर्ने भण्डारीको भनाई थियो । स्वतन्त्र उमेद्वार महाविर पुनको पनि आफूलाई आर्शिवाद भएकाले जितका लागि सहज भएको भण्डारीले बताउनुभयो ।

जलविद्युतको हब बनेको म्याग्दीमा रहेका खानीहरुलाई अनुकुल नीति बनाएर सञ्चालन गरि रोजगारी सिर्जना र औद्योगिक विकासमा जोड दिने भण्डारीले बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजा, केन्द्रिय सदस्य बानिया, उपसभापति हरिकुमार श्रेष्ठ, बरिष्ठ नेता नेत्रहादुर महत लगायत नेता कार्यकर्ताहरुले बेनी बजारमा घरदैलो गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...