पर्यटक नखुलाए मुस्ताङीलाई नाकाबन्दी गर्ने म्याग्दीका होटल ब्यवसायीको चेतावनी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका होटल ब्यवसायीले पर्यटन नखुलाए मुस्ताङमा नाकाबन्दी गरिदिने चेतावनी सहित आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् ।

सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समन्वयको लागि ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले लगडाउन खुलाएको अवस्थामा मुस्ताङले हालसम्म कोभिडको कारण देखाएर बन्द अवस्थामा रहेको पर्यटन क्षेत्र खुलाउनको लागि होटल ब्यवसायीले प्रशासनसंग समन्वयको माग गर्दै ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको होटल ब्यवसायी संघ म्याग्दीका सचिव सरोज थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

बाहिरी जिल्लाबाट मुस्ताङ जान रोक लगाएका मुस्ताङबासी विभिन्न काममा जिल्लाबाहिर आवाजजावत तथा ब्यापार ब्यवसाय गर्ने कार्यहरु भईरहेको जानकारी गराउदै म्याग्दीसंगै जोडिएको मुस्ताङको धार्मिक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई खुल्ला आवातजावतको ब्यवस्था मिलाउन लागि आग्रह गरेको सचिव थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

संघका अध्यक्ष बाबुराम आचार्य, पुर्ब अध्यक्ष गोपाल पौडेल लगायतको टोलीले ज्ञापनपत्र बुझाउदै प्रशासनले मुस्ताङका पर्यटन खुलाउन समन्वय नगरे मुस्ताङ जाने आउने एकमात्र बेनी–जोमसोम सडक नाकामा अवरोध गरेर नाकाबन्दी गर्ने चेतावनी दिनुभएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले देशब्यापी रुपमा धार्मिक, पर्यटन, यातायात तथा सेवा क्षेत्र खुलेको अवस्थामा मुस्ताङमा स्वास्थ्य मापदण्ड पालना गरेर लगडाउनलाई हटाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई सरोकारवालाहरुलाई सहजकारीकरण गरेर छिटो पर्यटन क्षेत्र खुलाउन आग्रह गरेको तर्क गर्नुभयो ।

लकडाउन खुलेको अवस्थामा मुस्ताङका सरोकारवाहरुले सुरक्षा रणनीति अपनाएर खुलाउन भनेपनि मुखियाहरुले अस्विकार गर्दै होटल ब्यवसायी तत्काल खोल्न नदिएको खोल्नेलाई जरिवाना गरेको मुस्ताङको प्रजिअबाट जानकारी भएको अधिकारीले बताउनुभयो । मुस्ताङका प्रजिअले जनप्रतिनिधि, स्थानीय तह, मुखिया र होटल ब्यवसायी संग छलफल गरेर प्राकृतिक तथा धार्मिक पर्यटकिय क्षेत्र खुलाउने प्रतिबद्धता जनाएको म्याग्दीका प्रजिअ अधिकारीले बताउनुभयो ।

म्याग्दीका पर्यटकीय क्षेत्रसंगै होटल ब्यवसाय खुलेपनि मुस्ताङको पर्यटन ब्यवसाय नखुल्दा ब्यवसायीलाई भाडा तिर्न नसक्ने अवस्थाले विस्तापित हुने समस्या बढेको संघका पुर्व अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । मुस्ताङको पर्यटन ब्यवसाय खुलाउनमा ढिलाई गरेमा चरणबद्ध आन्दोलनसंगै आवातजावतमा यातायात सेवा रोक्ने होटल ब्यवसायीको योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...