हिन्दुराष्ट्र घोषणाको माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र

Sinchai Khanipani notice

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), म्याग्दीले धर्मनिरपेक्षताको संबैधानिक ब्यवस्था खारेज र नेपाललाई हिन्दुराष्ट्र घोषणाको माग गर्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

Bhautik ministry notice about road

विभिन्न २३ बुदे माग सहितको ज्ञापनपत्र राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाउनुभएको हो । राप्रपाका केन्द्रिय सदस्य एकेन्द्रबहादुर रावल, जिल्ला अध्यक्ष थापा लगायतका नेता कार्यकर्ताहरुको टोली जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत बसेका थिए ।

ज्ञापनपत्रमा धर्म परिवर्तन गराउनेलाई कारबाही, सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने, वाइडबडी खरिद, ओम्नीसँग औषधी खरिदमा भएको सम्झौता, सुन तस्करी, बालुवाटार जग्गा प्रकरण, पुष २७ गते पृथ्वी जयन्तिको बिदा दिनुपर्ने लगायतका माग रहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...