खड्ग थापाको उपचारका लागि धारापानीबासीको एक लाख बढी सहयोग

Sinchai Khanipani notice

बेनी, । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि आइतबार एक लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ ।

हाल बेनीमा बस्दै आउनुभएका थापाको जन्मगाउँ धारापानीमा तेजिन्द्र थापा र बुद्धीबहादुर थापा (काजी) लगायतको अगुवाइमा संकलन भएको एक लाख छ हजार ३५० रुपैयाँ ओमकुमारी शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा खड्ग थापाकी श्रीमति यामुलाई हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा कोषका संस्थापक चन्द्रकुमार केसी र संरक्षक सदस्य दल शेरपुञ्जाले पाँच÷पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र सचिव सन्दिप खत्रीको सञ्चालनमा भएको कार्यक्रममा यामुलाई रकम हस्तान्तरण गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मंसिर १२ गते सहयोग संकलन अभियान शुरु गरेको थियो ।

निर्माण सम्बन्धी काम गरेर जिबिकोपार्जन गर्दै आउनुभएका थापाको हाल भारतको मुम्बई स्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमति यामुले नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने भन्दै सहयोग अभियानमा साथ दिन अपिल गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...