बेसिजनमा सुन्तला बेच्दा दोब्बर आम्दानी

Gandaki Ghumau

दोसल्ले, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु. २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।

१५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु. दुई सयका दरले काठमाडौबाट आएका ब्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुष महिनामा प्रतिकिलो रु. ७० का दरले सुन्तला बिक्री भएको थियो ।

Shreekrishna

“माघ लागेदेखि बढ्न सुरु भएको सुन्तलाको मूल्य फागुन २ गतेसम्म प्रतिकिलो रु. दुई सय सम्म परेको हो,” श्रेष्ठले भन्नुभयो “गत वर्षको तुलनामा यसपाली उत्पादन ४० प्रतिशतले घटेपनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर परेन् ।”

उहाँले गत वर्ष सरदर प्रतिकिलो रु. एक सयका दरले रु. १५ लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको थियो । श्रेष्ठको बगैचामा रहेका सात सय मध्य हाल तीन सय बोटमा यसपाली फल लागेको थियो ।

श्रेष्ठले आफ्नो बाहेक अन्य किसानहरुको थप रु. एक करोड ३० लाखको सुन्तला पनि बिक्रीको ब्यवस्था मिलाउनुभएको छ । दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष रु. दुई करोड मूल्य बराबरको सुन्तला बिक्री गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले वि.स. २०७६ मा सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा रु. तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो । “कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे,” उहाँले भन्नुभयो “ थप जमिन खरिद गरेर फार्म विस्तार गर्दैछु ।”

उहाँको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताउनुभयो ।

काठमाडौको बल्खुका ब्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उहाँले बताउनुभयो । घरजग्गा ब्यापार छाडेर कृषि ब्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाउनुभएको छ । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढीरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि ब्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बन्नुभएको दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बताउनुभयो ।

“उहाँ (विकास)ले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,” पाइजाले भन्नुभयो “गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रबिधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।”

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताउनुभयो । विकासको सुन्तला बगैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा ब्यवसायीहरु आउने गरेका छन् । उक्त बगैचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ ।

बगैचाको बिच भागमा पाहुना र आफु बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ । समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटर उचाईमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...