ओली सरकारले म्याग्दीको बिपद् ब्यवस्थापनमा उपेक्षा गरेको नेकपा म्याग्दीको ठहर

Sinchai Khanipani notice

भारतको इशारामा ओलीले कोरला लगायत चिनसँग सिमाना जोडिएका नाका खुलाउने योजना प्रभावित बनाउन खोजेको आरोप

बेनी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटिमा बहुमत रहेको प्रचण्ड–नेपाल समूहको म्याग्दी जिल्ला कमिटिले केपी शर्मा ओली नेतृत्वको सरकारले म्याग्दीको बिपद् ब्यवस्थापन, पहिरो पिडितको पुनस्थापना, पुननिर्माणमा उपेक्षा गरेको ठहर गरेको छ ।

बेनीमा आइतबार भएको सो समूहको अगुवा कार्यकर्ता भेला तथा बैठकले संबैधानिक ब्यवस्था बिपरित प्रतिनिधिसभा बिघटन गरी प्रतिगामी कदम चालेर देशलाई अस्थिरतामा ढकेलेका ओली नेतृत्वको सरकारले जिल्लाको बिकास र राष्ट्रिय राजनीतिमा गरेका गलत कदमको बिरुद्धमा शसक्त आन्दोलन तथा भण्डाफोरमा उत्रन जिल्लाबासीहरुमा आग्रह तथा नेता कार्यकर्तालाई निर्देशन गरेको छ ।

Shreekrishna hardwear in news

नेकपाकी केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहइञ्चार्ज यसोदा सुबेदीले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गत बर्खाको बाढी पहिरोबाट ठूलो जनधनको क्षति ब्यहोरेको म्याग्दीलाई बिपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर पुनस्थापना र पुननिर्माणका लागि तत्काल पर्याप्त बजेट बिनियोजन गर्न पार्टीको स्थानीय देखि केन्द्रीय तह र संसदले गरेको निर्देशनको बेवास्ता गरेका ओलीको बिरुद्धमा शसक्त प्रतिबाद गर्न आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road

भारतीय गुप्तचर संस्था रका प्रमुखको इशारामा चलेका ओलीले भारतकै निर्देशनमा म्याग्दी हुदै मुस्ताङको कोरला लगायत चिनसँग सिमा जोडिएका नाका सञ्चालनलाई प्रभावित बनाउन योजनाहरुमा बजेट कटौती गरेको समेत सुबेदीले बताउनुभयो । माओवादीलाई प्रयोग गरेर सत्तामा पुगेका ओलीलाई पार्टीले सहि बाटोमा हिडाउन खोज्दा सनकमा प्रतिनिधिसभा भंग गरेका र आफै पार्टी बिभाजन गर्न अग्रसर भएका बताउनुभयो ।

संबिधानले एउटै पार्टीको बहुमत प्राप्त सरकारले प्रतिनिधिसभा भंग गर्न नपाउने ब्यवस्था गरेको बताउँदै संबिधानको रक्षा गर्न प्रतिनिधिसभाको पुनस्थापना गर्नुपर्ने सुबेदीले बताउनुभयो । नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले ओलीको असबैधानिक कदमको बिरुद्धमा जनमत तयार पार्दै पुष १४ गते हुने जिल्ला स्तरको बिरोध प्रर्दशन, १६ र १७ गते तय भएको पालिका स्तरको भेलालाई सफल बनाउन तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
नेकपा म्याग्दीका कार्यलय सदस्य बालकृष्ण सुबेदीले बिबेकलाई बन्धक बनार्ई ओलीले गरेका राष्ट्रघाति र प्रतिगामी कमदको साक्षी बनेर जनमत, आम जनता तथा कार्यकर्ताको भावना बिपरित ओलीसँगै सति जान नसकिने बताउनुभयो ।

पार्टी एकता गर्दानै ओलीले जवजको सिद्धान्तलाई बिसर्जन गरेको बताउदै सुबेदीले छलफलबाट भाग्ने, भ्रष्ट्राचारीको संरक्षण गर्ने, राष्ट्रबादको नारा लगाएर राष्ट्रघाति काम गर्ने, पार्टीको निर्णय र निर्देशन नमान्ने ओलीको निरंकुश कार्यशैलीबाट म्याग्दीका आम नेता कार्यकर्ताको भावना बिपरित तत्कालीन मन्त्री थममाया थापालाई सरकारबाट हटाएको स्मरण गर्न पुर्ब एमालेका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन गरेका नेकपा म्याग्दीका सचिवालय सदस्य कृष्णकुमार बिश्वकर्माले अहिले मौन बसेका नेता, कार्यकर्ताहरु ओलीको कदम, कार्यशैलीप्रति असन्तृष्ट र पार्टी एकताकै पक्षमा रहेको विश्वास ब्यक्त गर्नुभयो । जनमतको अपमान गर्ने ओलीलाई म्याग्दीका बिबेकशिल नेता कार्यकर्ताहरुले चिनिसकेको बताउदै विश्वकर्माले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुकै समुहले मान्यता पाउने दावी गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...