पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप अभियान

Gandaki Ghumau

म्याग्दी, ः पशुलाई महामारीजन्य रोगबाट बचाउनका लागि म्याग्दीमा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा पशुमा पूर्ण खोप कार्यक्रम मार्फत करिब ९० हजार गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो ।

Shreekrishna

करिब ११ हजार घरपरिवार कृषकले पालेका १४ हजार एक सय ५९ गाई, २३ हजार तीन सय २६ भैसी, ४७ हजार एक सय ८६ बाख्रा, १४ हजार सात सय ९१ भेडा, एक हजार छ सय ६८ बंगुर, चार हजार आठ सय ७७ कुकुर बिरालो र तीन सय ७९ चौरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

Gunasthariya Shiksya

गाईभैसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पि.पि.आर, कुकुर, बिरालोलाई रेबीज र बंगुर÷सुगुरलाई स्वाइन फिवर विरुद्धको खोप लगाइने केन्द्रका प्रमुख गिरीले बताउनुभयो । बेनी नगरपालिका, धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकामा शुरु भएको छ ।

कृषकका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सकलन, खोपकर्ता नियुक्ती, पालिका स्तरमा जनप्रतिनिधि र अगुवाकृषकहरुलाई अभिमुखीकरण गरि खोप लगाउन प्राविधिकहरुलाई पचिालन गरिएको छ ।

पूर्ण खोप अभियानका लागि एक वटा वडामा भूगोल र पशुसंख्याको आधारमा दुई देखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएको कृषकहरुले बताएका छन् ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बेनी नगरपालिका–३ डाडाखानीका कृषक धनबहादुर श्रीसले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मुल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा पशुमा पूर्ण खोप अभियान चलाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...