धवलागिरीमा वडामै पुगेर योजना सम्झौता

Gandaki Pardesh notice

म्याग्दी, । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता सुरु गरेको छ ।

गाउँपालिकाका कर्मचारीहरु वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिका पदाधीकारीहरुलाई कार्यालयमा जाने समयको बचत र झञ्जट हटेको छ । सहज र सरल हिसाबले नागरिकलाई सेवा उपलब्ध गराउन वडामै पुगेर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताउनुभयो ।

उहाँका अनुसार वडा न. ६ मराङ र वडा न. ५ मल्कवाङका १९ वटा योजनाका उपभोक्ता समितिसँगै बिहीबार मराङमा घुम्ति शिविर सञ्चालन गरेर योजना सम्झौता गरिएको छ । “गुर्जाका तीन वटा योजनाका उपभोक्ता समितिले कार्यालयमै आएर सम्झौता गरिसके,” उहाँले भन्नुभयो “छिट्टै ताकम र मुदीमा पनि गएर योजना सम्झौता गर्ने तयारीमा छौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रमुख प्रशासकीय अधिकृत पौडेल, लेखा अधिकृत कृष्णप्रसाद खराल, इञ्जिनियर सोबिन जिसी, नायब सुब्बा रमेश पौडेलको टोली मराङ पुगेको थियो । वडा अध्यक्ष खर्ककुमारी छन्त्याल, राजाराम सुबेदी, सचिव बेदनाथ सुबेदीले शिबिर सञ्चालनमा सहजिकरण गर्नुभएको थियो । १८ वटा उपभोक्ता समितिलाई पेश्कि समेत उपलब्ध गराइएको थियो ।

मराङ र मल्कवाङका बासिन्दा मुना स्थित गाउँपालिका कार्यालय पुग्न मालिका गाउँपालिकाको बिम, दरवाङ, धारापानी, ताकम हुदै गाडीमा करिब चार घण्टा घुमाउरो बाटो हिड्नुपर्छ । पैदल हिड्दा पुरै दिन लाग्छ । वडामै सम्झौता गर्ने सुबिधा भएपछि गाउँपालिका जान आउन हुने खर्च र समयको बचत र झञ्जट हटेको प्रगति युवा क्लवको भवन निर्माण समितिका अध्यक्ष चक्रबहादुर पुनले बताउनुभयो ।

“गाउँपालिका पुगेर केही कागज नमिलेपछि फेरी फर्किर वडामै आउनपर्दथ्यो,” उहाँले भन्नुभयो “कर्मचारीहरुले गाउँमै आएर सेवा दिदाँ घरआगनमै सरकार भेटेको अनुभव भयो ।” मराङका वडा अध्यक्ष राजाराम शर्माले ११ वटा मध्य ९ वटा योजनाको सम्झौता भइसकेको बताउनुभयो ।

उपभोक्ता समिति गठन र प्राबिधिक सर्बेक्षणको काम धमाधम भैरहेको छ । ठेक्का मार्फत कार्यान्वयन हुने आयोजनाहरु पनि कार्यान्वयनको चरणमा पुगेका छन् । बर्खा सुुरु नहुदै काम सकेर आर्थिक वर्षको अन्तिममा हतार हतारमा लटरपटर काम गरेर बजेट सक्ने प्रबित्ति रोक्न धवलागिरीका जनप्रतिनिधी र कर्मचारीले पहल थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...