बेनी–ढोरपाटन–रुकुम जोड्ने सडक नेकपाका उमेद्वार अर्जुन थापाको चुनावी मुद्दा

Gandaki Ghumau

धारापानी, । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीबाट उमेद्वार बन्नुभएको अर्जुन थापाले म्याग्दीको बेनी देखि ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडक योजना कार्यान्वयनलाई प्रमुख चुनावी मुद्दाको रुपमा अघि सार्नुभएको छ ।

धवलागिरी गाउँपालिका–७ धारापानीका मतदाताहरुसँग शनिबार भएको भेटघाट र अन्तरक्रियाका क्रममा उमेद्वार थापाले म्याग्दीको पूर्वाधार, आर्थिक, सामाजिक विकास, पर्यटन र रोजगारी सिर्जनाका लागि बेनी देखि ढोरपाटन जोड्ने हालै मार्ग खुलेको सडकलाई स्तरोन्नति र ढोरपाटन देखि पुर्वी रुकम जोड्ने सडकको मार्ग खुलाउने मुद्दालाई प्राथमिकता दिने बताउनुभयो ।

“बेनी देखि ७५ किलोमिटरको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रुपमा लिएका छौ,” उहाँले भन्नुभयो “बागलुङ देखि ढोरपाटन जोड्ने सडकको तुलनामा ६५ किलोमिटर छोटो यो सडक पुर्वी रुकुमसँग जोडिएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ ।”

Shreekrishna

पुर्वी रुकुममा उमेद्वार बनेका नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँगै सहकार्य गरेर बेनी–ढोरपाटन–पुर्वी रुकुम जोड्ने सडकको मुद्दालाई कार्यान्वयनमा ल्याउनका लागि म्याग्दीमा आफ्नो जित आवश्यक रहेको थापाले तर्क गर्नुभयो ।

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति र कोरला नाका खुलेपछि म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटकले म्याग्दीको उत्तरी क्षेत्रमा रोजगारी सिर्जना गराउन योगदान पुगेको बताउदै थापाले बेनी–ढोरपाटन–रुकुम सडक पनि समग्र म्याग्दीको समृद्धीको आधार बन्न सक्ने बताउनुभयो ।

Gunasthariya Shiksya

गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले नेपाली कम्युनिष्ट पार्टीको म्याग्दीको सन्तुलित विकास गर्ने नीति अनुसार विकासमा पछाडी परेको धवलागिरीका योजनाहरुलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले दरवाङ–धारापानी–ताकम–मुना खण्डको सडक स्तरोन्नतिका लागि आफू मन्त्री हुदाँ छनौट भएका दुई वटा योजना कार्यान्वयन सुरु भएको र थप कामका लागि आफुलाई साथ दिने संघीय जनप्रतिनिधी आवश्यक पर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष तथा नेकपाका पालिका इञ्चार्ज रेशम पुनमगरले तीनै तहमा नेकपाका जनप्रतिनिधी हुँदा जनअपेक्षा अनुसार विकासका काम गर्न सहज हुने बताउनुभयो ।

नेकपाका केन्द्रिय सदस्य लालु किसानले छरिएका नेपालका कम्युनिष्ट पार्टीहरु प्रचण्डको नेतृत्वमा एकिकृत भइरहेको बताउदै सामाजिक न्याय सहितको समाज निर्माणको आवश्यकता औल्याउनुभयो ।
नेकपाका प्रदेश सदस्य यामन रोका, नेकपा धवलागिरीका अध्यक्ष रिमप्रकाश थापा, स्थानीय किरन थापा लगायतले म्याग्दीबासीको आवाज संसदमा उठाउन र देखिने गरेर विकास गर्नका लागि नेकपाका उमेद्वार अर्जुन थापालाई जिताउन अपिल गर्नुभयो ।

धौलागिरीको भूगोलबाट संघीय संसदको उम्मेदवारको रुपमा युवा नेता थापालाई अघि बढाएर पार्टीले न्याय गरेको र परिवर्तन चाहने मतदाताहरुले समेत मतदान गरी अनुमोदन गर्नेमा आफुहरु विश्वस्त रहेकोमा जोड दिनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...