अपर म्याग्दी निर्माणको तयारी

Sinchai Khanipani notice

नाउरा, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजना निर्माणको तयारी भएको छ ।

हाइड्रो इम्पायर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाले बिस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तिले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाहरुको सुझाव संकलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष घर्तिले लगानी कर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“बिमको शिवरात्रीखोला देखि भारबाङ, कल्लेनी, छहरी हुदै बाँसबोट सम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्याक खोलिसकेका छौ,” उहाँले भन्नुभयो “मनसुन अघिसम्म बिद्युतगृह र आगामी मंसिर सम्म बाँधलाई पहुँचमार्गले जोड्छौ । थपिएको क्षमताको इआइए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ ।”

बेलायतको गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन रहनुभएका घर्ति मालिका गाउँपालिका–५ देबिस्थानका हुनुहुन्छ । यसअघि बागलुङका डाक्टर लक्ष्मण शर्माले अघि बढाएको अपर म्याग्दीलाई निर्माण गर्न म्याग्देलीहरुनै अग्रसर भएका छन् ।

आयोजनाले करिब १४ किलोमिटर दुरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा १ किलोमिटर माथि प्रस्ताव गरिएको छ ।

तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङ्गबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिने भएको छ । आउटलेट देखि बिद्युतगृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ् । उत्पादीत बिद्युत १० किलोमिटर लामो प्रशारण लाइनबाट डाडाखेत सबस्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिनेछ ।

धवलागिरी गाउँपालिका–४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका–७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दी लगायत जलबिद्युत आयोजनाले निर्माणको तयारी थालेका बताउनुभयो ।

Bhautik ministry notice about road

“बर्षौ अघि पिपिए गरेर जेनेरेशन लाइसेन्स लिएर बसेका आयोजनाहरु सबस्टेशन र प्रशारण लाइन निर्माण सुरु हुन थालेपछि सक्रिय भएका छन,” उहाँले भन्नुभयो “जलबिद्युत आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका बस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा छ ।” गाउँपालिकाले यस वर्ष पहुँचमार्गमा पर्ने खारा देखि खाम्ला जोड्ने सडक निर्माण गर्न ठेक्का लगाइसकेको छ । २०७५ मा पुर्बाधार बिकास कार्यालयले कल्लेनीमा करिब डेढ किलोमिटर ट्याक खनेको थियो ।

सार्वजनिक सुनुवाइमा आयोजना प्रभावित खाम्लाका रेशमबहादुर पुन, चेचुङ्गका चक्रबहादुर घर्ति, कुलबहादुर घर्ति लगायतले वातावारणीय असर न्युनीकरणमा ध्यान दिन, छिटो आयोजना निर्माण सुरु गर्न र स्थानीयलाई रोजगारीको अवसर दिन सुझाव दिनुभएको थियो । आयोजना समयमै सम्पन्न गराउन स्थानीयबासीले सघाउने प्रतिवद्धता जनाएका छन् ।

परामर्शदाता इनर्जी रिसोर्स एण्ड सोलुसुनका शंकर बस्यालले रु. ७ अरब १० करोड लागत अनुमान गरिएको आयोजनाको २०७८ पुषमा सुरुङ्ग निर्माण सुरु गरि तीन वर्षमा सक्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव न्युनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्व अन्तरगत रु. छ करोड ३७ लाख लगानी हुने बस्यालले बताउनुभयो ।

हाइड्रो इम्पाएरका सञ्चालक पुर्ण घर्ति र रेशम पुनले सबस्टेशन, प्रशारण लाइन, प्राकृतिक, सामाजिक वातावरण भएमा आयोजना निर्माणमा सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो । सार्वजनिक सुनुवाइको सहजिकरण इनर्जी रिसोर्स एण्ड सोलुसुनका रामकुमार खड्काले गर्नुभएको थियो ।

धौलागिरी हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट बिद्युत उत्पादनका लागि बिद्युत बिकास बिभागबाट थप चार वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलबिद्युत आयोजना निर्माणको अनुमति लिएका छन् ।

धौलागिरी कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको दुई वर्षअघि शिलन्यास गरेपनि गति लिन सकेको छैन् । धवलागिरी गाउँपालिकामा २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ए, १५ मेगावाट क्षमताको धौलाखोला, ४.६ मेगावाट क्षमताको तिरिजा खोला, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोश र ६.५ मेगावाट क्षमताको दरखोला जलबिद्युत आयोजना सर्बेक्षणको क्रममा छन् ।

नेपाल बिद्युत प्राधिकरणले डाडाखेत र राहुघाटमा सबस्टेशन तथा प्रशारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको जनाएका छन् । सन २०२४ भित्र डाडाखेत सबस्टेशन र प्रशारण लाइन निर्माण गर्ने बिद्युत प्राधिकरणले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...