म्याग्दीमा महाविरलाई रास्वपाका उमेद्वारको सर्मथन

Gandaki Ghumau

चौतारीमा उभिएर काम, अनुभव र योजना बेलिबिस्तार लगाए
किताब बेच्ने ठाउँ खोज्दै

सन्तोष गौतम
बेनी, ः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेद्वार बनेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्रि महाविर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार युवराज रोकाले सर्मथन गरेका छन् ।

पुनले बेनीको बिरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलन स्थलमा पुगेका रोकाले पार्टीको निर्देशन र सुभेच्छुकहरुको सुझाव अनुसार महाविरलाई सघाउने निर्णय गरेको जानकारी गराए । ‘हामीले महाबिर सरलाई फोन गर्दा कुरा गर्नै नचाहने, फोन उठाएर पनि त्यतीकै राखिदिने गर्नुभयो, अर्कोतर्फ उमेद्वारी फिर्ता लिएर समर्थन गर्न दवाव आइरहेको थियो,’ रोकाले भने ‘हिजो ढिलाइका कारण आधिकारिक रुपमा प्रत्यक्षतर्फ महाविर सरलाई सघाएर आफ्नो उमेद्वारी निष्क्रिय बनाएको घोषणा गर्दछु ।’

करिब एक घण्टासम्म आफ्नो भनाई राखेका महाविरले बोल्ने क्रममा पुगेका रोकालाई सहयोगीहरुले उनिसँगै उभाएर तत्कालै समर्थन गरेको घोषणा गराउने तयारी गरेपनि महाविरले ‘कति आत्तेको ? एकछिन पखन्’ भन्दै कुराएर अन्तिममा ‘के हो ? कुरा लौ आउ भन’ भनेर मञ्चमा बोलाएका थिए ।

Shreekrishna

युवराजले आफ्नो भनाई राख्दासम्म बेवास्ता गरिरहेका महाविरले सर्मथकहरुले हात मिलाउनु भनेपछि ‘बल्ल बुद्धी आएछ’ भन्ने प्रतिक्रिया दिदै आफु मुस्कुराए र सहभागीलाई हसाँए । स्वतन्त्र उमेद्वार बनेका बेनीका नविन जिसीले उमेद्वारी फिर्ता लिएर शुक्रबार महाविरलाई सघाउने घोषणा गरेका थिए ।

नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले बिहिबार विज्ञिप्त जारी गरेर महाबिरलाई सर्मथन गर्ने घोषणा गरेपनि शुक्रबार उमेद्वारी लिन आएनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको शुक्रबार दिउँसो १० देखि १ बजेभित्रको समयमा जिसीको मात्र उमेद्वार फिर्ता भएको हो ।

१३ जनाको मनोनयन दर्ता भएकोमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेद्वारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीको उमेद्वारी कायम छ ।

उहाँका अनुसार नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामासँग स्वतन्त्र महाविरको उमेद्वारी कायम छ ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।

चौतारीमा उभिएर काम, अनुभव र योजना बेलिबिस्तार लगाए

Gunasthariya Shiksya

त्रिभुज चुनाव चिन्ह रोजेका महाबिरले सार्वजनिक स्थलमा पिपलको रुखमुनी रहेको चौतारीमा पत्रकार र सर्वसाधारणहरुलाई बोलाएर आफूले मन्त्रालयमा हुँदा गरेका र गर्न खोजेका काम देखि योजना सुनाए । ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपमा स्पष्टीकरण दिए ।

‘कसैले धोकेबाज पनि भनेको छ, भगौडा, मन्त्रिपरिषदलाई धोका दिएको, जेनजीलाई धोका दिएको भनेका छन् । धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको । किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने ?’ सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको उनको भनाइ थियो ।

सादगी व्यक्तित्वका पुनमाथि चुनावी सरकारलाई धोका दिएर पदको लोभ गरेको आरोप लागेको छ । शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी छाता ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोषसम्बन्धी ऐन अध्यादेशबाट ल्याउने प्रयासमा कर्मचारीतन्त्र र सरकार नै असहयोगी बनेको पुनले बताए । त्यही कारण निराश बनेर मन्त्रीबाट राजीनामा दिएर पुख्र्यौली थलोमा उम्मेदवार बन्न आइपुगेको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिको गठन, शिक्षक सरुवा, शैक्षिक परामर्श र प्राविधिक शिक्षामा भएको बेथिति हटाउन र विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नभएर प्रतिस्पर्धाबाट नियुक्त गर्ने ब्यवस्था ल्याउन साथ नपाएको महाबिरले गुनासो गरे ।

‘मैले यसअघि आमरन अनसन बसेर सरकारसँग गरेको सम्झौता कार्यान्वयन गराउन देखि केही सुधारको प्रयास गर्दा सहयोग पाइन,’ पुनले भने ‘बेथिति र बिकृति टुलुटुलु हेरेर हस्ताक्षर मात्र गरेर बस्नुभन्दा जे पर्ला पर्ला भनेर उमेद्वार हुन आए ।’ आफूले शिक्षा क्षेत्रको सुधारका लागि उठाएको मुद्दाका विषयमा निर्वाचित हुने सबै सांसदहरुको समूह बनाएर संसद र सरकारसँग पैरवी महाविरले योजना सुनाए ।

नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक मुद्दा ओझेलमा र नवप्रर्वद्धन, आविष्कार र अनुसन्धानलाई राज्यले बेवास्ता गरेको उनले टिप्पणी गरे । ‘आविश्कार, नवप्रर्वद्धन र अनुसन्धान मार्फत प्रतिभावान युवाहरुलाई स्वदेशमै रोजगारी दिएर रोक्न सकिन्छ,’ उनले भने ‘झञ्जटिलो कानुनी प्रक्रियालाई सहज बनाएर उद्यम व्यवसाय र आयआर्जनको वातावरण बनाउन सकेमा देशको आर्थिक क्षेत्रमा सुधार आउँछ ।’

विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउने अधिकारको लागि कानुन बनाउनु पनि आफ्नो राजनीतिक मुद्दा भएको महाविरले बताए ।

किताब बेच्ने ठाउँ खोज्दै
मनोनयन दर्ता लगत्तै धवलागिरी र मालिका गाउँपालिकाको विभिन्न बस्तिमा पुगेर मतदातासँग भेटघाट र आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका महाविर पुनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिताको विषयमा स्पष्टिकरण मागेकोमा आक्रोश पोखे ।
‘म उमेद्वार भएर आएकोमा कसैले दुख नमान्नुहोला, त्यतिकै किन डुल्नु भनेर किताब बेच्दै गाउँ पुगेको थिए, कुनै राजनीतिक दलको मान्छेले उजुरी गर्नुभएछ,’ उनले भने ‘निर्वाचन आयोगले किताब बेच्दै नहिड्नु भनेकाले अबै बेनीमा कतै बिक्री कक्ष खोज्दैछु । त्यहीबाट किताब बेच्नेहोला ।’

चुनाव लड्न पुख्यौली थलो फर्किए
७१ वर्षीय महाविरको पुख्र्यौली घर म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ नागी हो । तर उनि चितवनको रत्ननगरमा हुर्किएका थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिख, घार, पाउद्वार, खिवाङ, स्वाँता लगायत बस्तीमा सन् १९७०–८५ को दशकमा प्राध्यापक कावाकिताले ‘स्थानीयको समस्या स्थानीयकै सहभागितामा समाधाान गर्ने’ केजे मेथोड (कावाकिता जिरो मेथोड) अपनाएर पम्पिङ सिस्टमको खानेपानी, लघुजलविद्युत् र जंगलबाट घाँसदाउरा ओसार्न रोपवे प्रविधि भित्राएका थिए । त्यसका लागि कावाकिताले हिमालय संरक्षण संस्था (आईएचसी) स्थापना गरेका थिए ।
त्यही भूगोलमा पुनले जिरो कावाकिताको विकास मोडेल पछ्याउँदै सन् १९९० को दशकदेखि सामुदायिक पर्यटन, व्यवसायिक शिक्षा, स्थानीय पार्टपुर्जा र टीभीका एन्टेना प्रयोगगरी वायरलेस इन्टरनेट सेवा पु¥याएका थिए । एउटै भूगोलमा एउटै विकास मोडेल ‘केजे मेथोड’ अपनाएर समुदायको जीवनस्तर उकास्न काम गरेकोले कावाकिता र पुन दुवैले रोमन म्यागासेसे पुरस्कार जितेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...