जेसिजको उपाध्यक्षमा निर्वाचित बरुवाललाई सम्मान

Health and samajik ministry notice

बेनी,। बर्ष सन २०२१ का लागि नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाललाई शनिबार बेनीमा सम्मान गरिएको छ । म्याग्दी जेसीजको पुर्व अध्यक्षीय क्लबले बधाई तथा कृतज्ञता कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले माला, खादा, दोसल्ला र सम्मानपत्रद्धारा बरुवाललाई सम्मान गर्नुभएको थियो ।

Bhautik ministry notice about road

म्याग्दी जेसीजका साथै छिमेकी जिल्ला पर्वत र बागलुङका जेसीज शाखाबाट समेत बरुवाललाई बधाई सहित सम्मान गरिएको थियो । रूपन्देहीको भलबारी जेसिजको आतित्यथामा हालै सम्पन्न नेपाल जेसिजको ४७ औ माहाधिबेशनमा म्याग्दी जेसिजको प्रस्तुतीमा राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार बन्नभएका बरूवालले अत्यधिक मतले बिजयी हुनुभएको थियो ।

Shreekrishna hardwear in news

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी हुन सफल भएकोमा बधाई ज्ञापन गर्दै जेसीज अभियानमा रचनात्मक कार्यहरुलाई सम्पन्न गर्न सुझाब दिनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, उपाध्यक्ष बरुवालका बुबा कृष्णप्रसाद बरुवाल र उपाध्यक्ष बरुवालले निर्वाचनमा बिजयी गराउन प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग गर्नेहरुलाई आभार प्रकट गर्नुभएको थियो ।

म्याग्दी जेसीज पुर्व अध्यक्षीय क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षता, निवर्तमान शाखा अध्यक्ष खम थापा मगरको स्वागत र पूर्व अध्यक्ष बिनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्य, पर्वत जेसीजका अध्यक्ष राम शर्माले समेत मन्तव्य राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...