बेनी सामुदायिकमा जन्मदिन अक्षयकोष

Gandaki Ghumau

बेनी ः म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी सामुदायिक माविले जन्मदिन अक्षयकोष स्थापना गरेको छ ।

फजुल खर्च गरेर भड्कीलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित र गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना भएको कोषको आइतबार औपचारिक रुपमा घोषणा गरिएको हो ।

विद्यालयका प्रअ भिम घर्तीले शिक्षक, विद्यार्थी, अभिभावक, पुर्व विद्यार्थीहरुको जन्मदिनको अवसरमा कोषमा संकलन हुने रकमको ब्याजबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोषाकमा सहयोग गरिने जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“एक हजार दुई सय ७५ जना कुल विद्यार्थी रहेको हाम्रो विद्यालयका करिब १० प्रतिशत विद्यार्थीलाई गरिबी र परिवारको कमजोर आर्थिक अवस्थाका कारण कापी, कलम र पोशाकको ब्यवस्था गर्न समस्या छ,” उहाँले भन्नुभयो “भड्कीलो शैलीमा जन्मदिन मनाउने खर्च बचाएर विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोषको ब्याज परिचालन गरिनेछ ।”

रु. २० लाखको अक्षयकोष बनाउने उद्देश्य राखिएको कोषमा आइतबारसम्म करिब रु. ७० हजार संकलन भइसकेको छ । पञ्चवर्षीय शैक्षिक कार्ययोजना अनुसार जन्मदिन अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने बेनी सामुदायिक माविले वि.स. २०६९ को एसइई परिक्षामा देशभर उत्कृष्ट नतिजा ल्याएको थियो । पछिल्लो १५ वर्षयता एसईइ उत्कृष्ट नतिजा हासिँल गरेको बेनी सामुदायिकको शैक्षिक नतिजाले विद्यार्थीको चाप बढेको छ ।

अक्षयकोष घोषणा कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी सामुदायिक माविको शैक्षिक उचाइलाई घट्न नदिन शिक्षक, विद्यार्थी, अभिभावकले मेहनत तथा सरोकारवालाले साथ दिनुपर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...