नेकपाले म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनायो

Gandaki Ghumau

बेनी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनाएको छ ।
नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उमेद्वार बनाउने निश्चित भएको जानकारी दिनुभयो । थापा टिकट लिनका लागि काठमाडौ जानुभएको छ । ११ बजे थापालाई संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकट हस्तान्तरण गर्नका लागि पार्टी कार्यालय बोलाउनुभएको छ । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानी निवासी हुनुहुन्छ ।

वि.स. २०५६ मा शिवाङको हेम (नमुना आवासीय) माविमा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक कमिटिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गरेका थापा अध्ययनको क्रममा काठमाडौमा रहँदा भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गर्नुभएको थियो ।

लामो समय विद्यार्थी राजनीतिमा काम गरेका थापा पछिल्लो पटक साविक नेकपा माओवादी केन्द्रको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका थापाको नेतृत्वमा काठमाडौमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निशूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ ।

Shreekrishna

५२ पटक रक्तदान गरेका थापाको समुहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि निशूल्क रगतको व्यवस्था मिलाएको छ । बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।

Gunasthariya Shiksya

नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीबाट थापा सहित कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर बिक र दुर्गा कार्की बानियाको नाम उमेद्वारका लागि सिफारिस गरेको थियो । नवयुवा पुस्ता आन्दोलनको मर्म र भावना अनुसार युवा उमेद्वार बनाएको नेकपा म्याग्दीका नेता गोविन्द पौडेलले बताउनुभयो ।

“विनोद केसी, रेशम जुग्जाली (सुविन), हरि भण्डारी जस्ता युवाहरुलाई प्रदेशमा सांसद बनाएर पठाउँदा संसद र सरकारमा म्याग्दीको लागि हस्तक्षेपकारी भूमिका निर्वाह गरेर युवाले अवसर पाएमा काम गर्न सक्छन भन्ने ब्यवहारिक रुपमा पुष्टि गर्नुभएको छ,” संविधानसभा सदस्य समेत रहेका उहाँले भन्नुभयो “संघीय संसदमा पनि राजनीतिक र विकासका हिसाबले हस्तक्षेप गर्न सक्ने शैक्षिक योग्यता र राजनीतिक अनुभव हाँसिल गरेका अर्जुन थापालाई उमेद्वार बनाएका हौ ।”

थापालाई जिताउन नेकपाका नेताहरु एकजुट भएर केन्द्रित हुने पौडेलले बताउनुभयो । गण्डकी प्रदेशका पुर्वमन्त्री तथा युवा नेता रशेम बहादुर जुग्जाली (सुविन)को नेतृत्वमा म्याग्दीमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

बेनी नगरपालिकामा गोविन्द पौडेल, मंगलामा गमबहादुर श्रीस, मालिकामा लालु किसान, धवलागिरीमा टेकबहादुर बिक, रघुगंगामा कृष्णकुमार विश्वकर्मा र अन्नपूर्णमा सेरबहादुर केसीको नेतृत्वमा चुनाव परिचालनको जिम्मेवारी दिइएको छ । प्रदेश सांसद जुग्जाली र अर्का सांसद हरि भण्डारीले जिल्लाभरको चुनावी अभियानमा खटिने गरेर जिम्मेवारी दिएको जिल्ला संयोजक केसीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...