धवलागिरीमा पहिलो पटक डाक्टर पुगे

Sinchai Khanipani notice

बेनी, ः म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् ।

धवलागिरी गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुष ८ गतेदेखि लागू हुने गरि डाक्टर एकराज भण्डारीलाई नियुक्त गरिएको ताकमका वडा अध्यक्ष कलानिधी सुबेदीले जानकारी दिनुभयो ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि डाक्टर सहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौ,” उहाँले भन्नुभयो “छिट्टै कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौ । अहिलेकै जनशक्तिलाई निरन्तरता दिएर नियमित अस्पताल सञ्चालन गर्ने योजना छ ।”

Shreekrishna hardwear in news

नियमित बसेर सेवा दिने गरेर डाक्टर आएको पहिलो पटक भएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाहरुले स्वागत गरेका छन् । पहिलो पटक गाउँपालिकामा डाक्टर आएकोमा स्थानीयबासी खुसी भएका छन् ।

Bhautik ministry notice about road

ताकम स्वास्थ्य चौकीको भवनमा पाँच शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्बाधार र सामग्री ब्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँ गाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ ।

यही मंगलबार सम्पन्न बिशेष गाउँसभाले ताकममा ५ शैया क्षमताको अस्पताल स्थापना गर्र्ने निर्णय गरेको थियो । “अहिले तीन महिनालाई डाक्टर र नर्स नियुक्त गरेका हौ,” अध्यक्ष पुनले भन्नुभयो “कोरोना अस्पताल स्थापना भएको ताकममै गाउँपालिकाले नियमित अस्पताल सञ्चालन गर्ने तयारी गरेका छौ ।”

अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रु.७० लाख पठाएको छ । भवन निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का आव्हानको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

कोरोना अस्पताल सञ्चालन गर्न यसअघि अन्नपूर्ण, मालिका गाउँपालिकाले डाक्टर नियुक्त गरेका छन् । मंगला र रघुगंगा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरेपनि डाक्टर पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै पालिकालाई रु. १० लाख बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधीको समेत ब्यवस्था गरिएको छ । रु.४ लाख ५० हजार तलब, रु. ५० हजार औषधि र रु. ५ लाखको बेडसहितका सामग्री किन्न शिर्षक तोकेर बजेट पठाएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...