बेनी अस्पतालमा शल्यक्रिया सेवा सूचारु, एक महिनामा २१ वटा मेजर शल्यक्रिया

Gandaki Ghumau

बेनी ः प्रदेश अस्पताल बेनीमा शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरी सेवा सूचारु भएपछि जिल्लाबासीलाई सहज भएको छ ।

शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौ, चिनवन पुग्नुपर्ने जिल्लाबासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका –६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताउनुभयो ।

“पोखरा जानुपरेको भए रु. एक लाख भन्दा बढी खर्च हुने रहेछ,” उहाँले भन्नुभयो “बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु. १० हजारलेनै पुग्यो ।” सहरका सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा पुगेर उपचार गर्न नसक्ने आर्थिक रुपमा विपन्न, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई प्रदेश अस्पतालको शल्यक्रिया सेवा प्रभावकारी बनेको छ ।

Shreekrishna

रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी जमुना किसानले २१ वर्षदेखिको स्त्रीरोग सम्बन्धी समस्याको यसै हप्ता बेनी अस्पतालमा शल्यक्रिया गर्नुभयो । “भर्ना भएको भोलीपल्टै शल्यक्रिया भयो,” उहाँले भन्नुभयो “शल्यक्रिया सफल भएपछि २१ वर्षदेखिको समस्या निको भएर घर फर्कदैछु ।”

Gunasthariya Shiksya

विशेषज्ञ चिकित्सक अभावमा अस्पतालमा कात्तिक र मङसिर महिनामा शल्यक्रिया सेवा बन्द भएका थिए । प्रदेश सरकारले स्त्री तथा प्रसुतिरोग र सर्जन चिकित्सकको ब्यवस्था मिलाएपछि पुष महिनायता सेवा नियमित छ ।

प्रदेश अस्पताल बेनीका प्रमुख डा. हेमन्त बास्तोलाले पुष महिनामा मात्रै २१ वटा शल्यक्रिया गरिएको जानकारी दिनुभयो । “जुम्ल्याह बच्चा भएका गर्भवतीलाई पनि यहीनै शल्यक्रिया मार्फत प्रसुति गराएका छौ,” उहाँले भन्नुभयो “सिमित स्रोत, साधन र जनशक्तिका बावजुद यहाँ आएका बिरामीलाई सम्भव भएसम्म बाहिर जानु नपरोस भन्ने प्रयास गरेका छौ ।”

पाँच जना एपेन्डिक्स, दुई जना हर्निया, एक जना हाइड्रोसिल, १२ जनालाई शल्यक्रिया माफृत सुरक्षित प्रसुति सेवा दिइएको हो । बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् ।

बेनी नगरपालिका–६ की सुष्मा पौडेलले बेनी अस्पतालमा रोग पहिचानका लागि आवश्यक थप उपकरण र दक्ष जनशक्तिको नियमित व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् ।

वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको वि.स. २०७४ देखि शुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई वि.स. २०७२ मा १५ बाट ५० शैया क्षमतामा स्तरोन्नति गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...