उद्योग, व्यवसाय र लगानी सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह

Gandaki Ghumau

बेनी । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लागानीमैत्री वातावरण बनेमा लगानीका लागि पुँजीको अभाब नभएको बताउनभएको छ ।

बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको ११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रर्दशनीको उद्घाटन गर्दै अध्यक्ष ढकालले उद्योग, ब्यवसाय र लगानीको सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह गर्नुभयो ।

“हरेक आन्दोलनमा निजी क्षेत्रलाई तारो बनाएर ठुलो नोक्सानी व्यहोर्नुपर्ने पिडाडायी अवस्थाको अन्त्य गर्नका लागि उद्योग व्यवसायमा बन्द हडताल निषेधित क्षेत्र बनाउन कानुन निर्माणका लागि सरकारसँग पहल थालेका छौ,” उहाँले भन्नुभयो “आन्दोलनका बाहनामा निजी र सार्वजनिक सम्पत्ती आक्रमण गर्नेहरुलाई छुट दिनुहुदैन् ।”

Shreekrishna
Gunasthariya Shiksya

स्थानीय पुँजीलाई उद्यमशिल क्षेत्रमा लगानीको रुपमा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई छ । स्थानीय स्तरमा रहेको साना–साना पुँजीलाई एकिकृत गरी उद्यमशिलताको क्षेत्रमा लगानी गर्न सकेमा रोजगार सिर्जना, राज्यलाई आर्थिक उपार्जन र लगानीकर्ताले आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।


‘‘हामीले (डोमेस्टिक)घरेलु पुँजीकै उपयोगबाट धेरै ठूला आयोजनाहरु सम्पन्न गर्न सक्छाँै, त्यसका लागि मुख्यगरी सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण जरुरी हुन्छ’’– उहाँले भन्नुभयो । पर्यटन, जलविद्युत, खानी, लघुउद्यम लगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै उहाँले म्याग्दीका उद्यमी व्यवसायिहरुले सामूहिक रुपमा उद्यमशिल योजना अघि बढाएमा आफुले समेत लगानी गर्न तयार रहेको बताउनुभयो ।
‘‘कालीगण्डकी कोरिडोरले समेटिनु र मुस्ताङ प्रवेशद्धारको रुपमा रहेकाले म्याग्दी उद्यमशिलताको सम्भावनायुक्त मानिन्छ, बेनी बजार नजिकै रहेको लभ्लिहिलमा लिफ्ट सहितको एकिकृत पर्यटन पूर्वाधार बनाउन सकिने सम्भावना छ, यसका लागि स्थानीय लगानीकर्ताहरु अघि बढेमा मसमेत लगानी गर्न तत्पर छु, त्यसका लागि नगरपालिका र स्थानीय राजनीतिक दलहरुबाट पनि सकरात्मक सहजीकरण हुन जरुरी छ’’–अध्यक्ष ढकालले भन्नुभयो ।
मुलुकमा परम्परागत कानुनहरु लगानीका लागि बाधक भएकाले उच्च स्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाबको आधारमा दर्जनाँै कानुन परिवर्तन भएकाले मुलुकमा लगानीको ढोका खुलेको बताउँदै लगानीक लागि सुरक्षा चुनौतीको रुपमा खडा भएको उहाँको भनाई थियो । मेला महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्ता सामु पु¥याउन र प्रवद्र्धन गर्न भूमिका खेल्ने गरेको अध्यक्ष ढकालले बताउनुभयो ।
माघ ३ गतेसम्म सञ्चालन हुने खुल्ला लोनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...