सडक सञ्जालमा जोडिदै गुर्जा

Gandaki Ghumau

म्याग्दी ः ‘टुप्पी भन्दा माथी ठाउँ छैन, गुर्जा भन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाईले धवलागिरी गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउछ ।

हालसम्म विकट र दुर्गम वस्तिको रुपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्रनै सडक सञ्जालमा जोड्ने लक्ष्य सहित धवलागिरी गाउँपालिकाले योजना निर्माण शुरु गरेको छ । लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

“आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको लुलाङ–गुर्जा धवलागिरी गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना हो,” उहाँले भन्नुभयो “यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र संघीय सरकारको लगानीमा लुलाङ देखि भैसीमाने सम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।”

Shreekrishna

चालु आर्थिक वर्षमा रु. एक करोड ७० लाख बजेट बिनियोजन गरेको योजना मार्फत छनौट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले भैसीमाने खाल्टादेखि झिरसो भन्ने ठाउँसम्म करिब एक किलोमिटर मार्ग खोलिसकेको छ । यसै महिनामा रु. ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो ।

Gunasthariya Shiksya

थप चार किलोमिटर सडकको मार्ग खुलेमा गुर्जा यातायात सञ्जालमा जोडिने धवलागिरी गाउँपालिका–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । “दुई वर्षअघि सम्म गुर्जादेखि लुलाङ पुग्न पुरै दिन भिर, जंगल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो “हाल गाडी पुग्ने झिरसोदेखि ३० मिनेट पैदलयात्रा गरेर गुर्जा पुगिन्छ ।” गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा तीस मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावीयन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट रु. तीन करोड र गण्डकी प्रदेश सरकारले रु. ५० लाख बिनियोजन गरेको छ ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङ स्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसंख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खनन्का लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहाँस छ ।

सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरिया मार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...