प्रतिनिधिसभा बिघटन बिरुद्ध बेनीमा राके जुलुस

Gandaki Pardesh notice

बेनी,। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको बिरोधमा शुक्रबार साँझ बेनीमा नेकपाको प्रचण्ड–नेपाल पक्षका युवा र बिद्यार्थीहरुले राँके जुलुस प्रर्दशन गरेका छन् ।

संबिधानको प्रतिकुल हुने गरि भएको प्रतिनिधिसभा बिघटन गर्ने सरकारको निर्णयको बिरोधमा संसद पुनस्थापना गर्नुपर्ने माग राख्दै अनेरास्ववीयू र राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राके जुलुस निकालेका हुन् ।

न्युरोड स्थित घतानचोकबाट सुरु भएको राँके जुलुसमा सहभागीहरुले प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजी गर्दै बेनी बजार परिक्रमा गरि हुलाकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । नियन्त्रणमा लिन खोज्दा प्रहरी र कार्यकर्ताहरुबीच राँको खोसाखोस भएको थियो ।

Shreekrishna hardwear in news

राँको बाल्न नदिने प्रहरी र बाल्न खोज्ने कार्यकर्ताहरुबीच खोसाखोस हुँदा बजार तनाबग्रस्त बनेको थियो । प्रहरीले राँको निभाउने र युवा, बिद्यार्थीहरुले राँको बाल्ने क्रम करिब एक घण्टासम्म चलेको थियो ।

तयार पारेको केही राँको प्रहरीले नियन्त्रणमा लिएको थियो । जनपद प्रहरीका डिएसपी किरणजंङ्ग कुँवर र शसस्त्र प्रहरी बलका डिएसपी हरिबहादुर गुरुङ्गको नेतृत्वमा चोक–चोकमा ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए ।

जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णबहादुर बिश्वकर्माले संबिधान बिपरित प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अपमान गरेको आरोप लगाउनुभयो ।

‘एकपछि अर्को गर्दै सरकारले गलत क्रियाकलाप गर्न थालेपछि बिरोधमा उत्रिनुपरेको हो,’ उहाँले भन्नुभयो ‘ओलीको तानाशाह शैली बिरुद्ध सबै नागरिकले आवाज उठाउनुपर्छ । प्रतिनिधिसभा पुनस्थापना गर्नुको बिकल्प छैन् ।’

संघका जिल्ला सहसंयोजक सन्दिप खत्रीले बिकास, शुसासन र स्थिरताको नारा लगाएर कम्युनिष्ट एकताको जगमा सत्तामा पुगेका ओलीले अराजकता र असबैधानिक हिसाबले नागरिकको अधिकारमा धावा बोलेको बताउनुभयो ।

Bhautik ministry notice about road

‘ओलीले चुनाव गराउन यस्तो कदम चालेकै होइनन्,’ खत्रीले भन्नुभयो ‘तीन बर्ष सबैले साथ दिदाँ जे गरेपनि हुने रहेछ भन्ने मातले एक पछि अर्को जनबिरोधी, अस्थिरता र प्रतिगामी कदम चाल्दै गएका छन् । जनताले आवाज नउठाए ओलीले अझै तानाशाही शैलीमा प्रस्तुत हुन्छन् ।’

नेकपाका प्रदेश सदस्य समेत रहेका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले जुलुसमा सहभागिलाई धन्यवाद दिदै पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा आन्दोलनका गतिबिधिलाई निरन्तरता दिने बताउनुभयो ।

अनेरास्ववीयूका जिल्ला सहसंयोजक रेशम कटुवालको नेतृत्वमा जुलुस निकालिएको थियो । जुलुसमा नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेल, कार्यालय सदस्य बालकृष्ण सुबेदी, प्रदेश सांसद केसी, नगर कमिटि अध्यक्ष सेरबहादुर केसी, रघुगंगा गाउँ कमिटिका सचिव हरि भण्डारी लगायतको सहभागिता थियो ।

शुक्रबार बिहान प्रधानमन्त्री ओली पक्षका युवा र बिद्यार्थी नेता कार्यकर्ताहरुले बेनीमा सरकारको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल ¥याली प्रर्दशन गरेका थिए । हाँडेभिर स्थित नेकपाको पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल ¥यालीमा सहभागिहरु न्युरोड हुदै कालीपुल पुगेर पोखरातर्फ लागेका थिए ।

पोखरामा आयोजित ओली पक्षीय भेलामा जाने क्रममा उनिहरुले सरकारले प्रतिनिधिसभा भंग गरेर ताजा जनादेशमा जानु सहि भएको र ओलीलाई आफ्नै पार्टीका नेताले असहयोग गरेको उनिहरुको भनाई थियो ।

प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने निर्णय गरेपछि नेकपा बिभाजनको मुखमा पुगेको छ भने प्रतिपक्ष काँग्रेस, जसपा लगायतका पार्टीहरुले आन्दोलन सुरु गरेका छन् ।

प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबारबाट संबैधानिक इजलासमा बहस सुरु भएको छ । प्रतिनिधिसभा पुनस्थापना अथवा सरकारको निर्णयमा साथ दिन्छ भन्नेमा आमचासो छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...