बेनी बचतको छुट प्याकेज

khali

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ ।

पुष मसान्त सम्ममा भाका नाघेका ऋणीहरुलाई कर्जाको साँवा र ब्याज बुझाउन आउने सेयर सदस्यहरुलाई ब्याज हर्जनामा २५ प्रतिशत छुट दिने ब्यवस्था मिलाएको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

“हाम्रो छुटको स्किम कोरोना महामारीले संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज बुझाउन नसकी पौष मसान्त सम्म भाका नाघेका ऋषिहरुलाई बिशेष छुट सुबिधा उपलब्ध गराउन हो,” उहाँले भन्नुभयो “कोरोनाका कारण ऋण लिएर ब्यापार, ब्यवसाय र अन्य गतिबिधिमा लगानी गरेका सेयर सदस्यहरुको आयस्रोत प्रभावित भएकाले सामाजिक उत्तरदायित्व अन्तरगत हर्जनामा छुट दिइएको हो ।”

Shreekrishna hardwear in news

वि.स २०५७ मा स्थापना भएको सहकारीले गत चैत देखि असार महिनासम्म लकडाउन भएको अवधिको ब्याज वापत सात लाख रुपैयाँ भन्दा बढी छुट दिएको थियो । लकडाउन अवधिको ब्याज छुट दिने संस्थाको निर्णय अनुसार २२० जना सदस्यहरुले सात लाख २५ हजार रुपैयाँ बराबरको छुट सुबिधा पाएका सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।

khali

यसैगरी सबै सेयर सदस्यहरुलाई एक लाख रुपैयाँ बराबरको कोरोना बिमा समेत गरिएको छ । कोरोनाका कारण ब्यवसाय प्रभावित हुदाँ समस्यामा परेका सेयर सदस्यहरुको मर्कालाई सम्बोधन गर्न ब्याजमा छुट दिएको सहकारीले जरिवानामा पनि छुट दिने नीति लिएको हो ।

यसैगरी हालै १९ औ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहिन स्रोत कक्षका बालबालिकाहरुको भरण पोषणका लागि २५ हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक सञ्जन शाक्यले जानकारी दिनुभयो ।

गत वर्ष १८ औ स्थापना दिवसको अवसरमा बगुवाखोलाको बालजागृति आधारभूत बिद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता भएका स्रोत कक्षा सञ्चालनका लागि स्थापित अक्षयकोषमा २५ हजार रुपैयाँ सहयोग गरेको थियो । सहकारीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । बेनी नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...