धवलागिरी चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा सात करोडका पुर्बाधार बन्दै

Sinchai Khanipani notice

म्याग्दी । म्याग्दी स्थित धवलागिरी र अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गमा पुर्बाधार निर्माणका लागि सात करोड रुपैयाँ बिनियोजन भएको छ ।

पर्यटन मन्त्रालयले धवलागिरी पदमार्गमा चार करोड र अन्नपूर्ण पदमार्गलाई तीन करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा चार करोड भन्दा बढी बजेट बिनियोजन भएको धवलागिरी आधार शिविर पदमार्गमा पुर्बाधार बनाउन पर्यटन बिभागले हालै ठेक्का प्रक्रिया अघि बढाएको बिघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माणका लागि गत वर्ष सम्झौता गरेका ठेकेदारले प्रारम्भिक चरणको काम सुरु गरेका छन् । यो पदमार्गलाई तीन करोड भन्दा बढी बजेट बिनियोजन भएको छ ।

Shreekrishna hardwear in news

“अन्नपूर्ण आधार शिविरलाई नयाँ र धवलागिरीलाई स्थापित पर्यटकीय गन्तब्यमा सूचिकृत भएको छ,” उहाँले भन्नुभयो “पदमार्गमा पैदलमार्ग बनाउने, पुल हाल्ने, पोर्टर सेल्टर बनाउने लगायतका काम गर्न बजेट बिनियोजन भएको हो ।”

Bhautik ministry notice about road

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको उत्तरी आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा न. ४ नारच्याङमा पर्छ । संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर धवलागिरी गाउँपालिकाको वडा न. ४ मुदीको भूगोलमा पर्छ ।

मुदी हुदै आधार शिविरका साथै मुस्ताङको मार्फा सम्मको पदमार्गलाई स्तरोन्नति गरेर पर्यटक सहज रुपमा आवत जावत गर्न मिल्ने बनाउन लागिएको हो । आधार शिविर जोड्ने पदमार्गमा पुर्बाधार बनाउन पहिलो पटक ठूलो मात्रामा बजेट ब्यवस्थापन गरेर काम हुन लागेकोमा स्थानीयबासीले खुसी ब्यक्त गरेका छन् ।

संरक्षण क्षेत्र ब्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले पर्यटन बिभागसँग ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीका प्रतिनिधिले स्थलगत सर्बेक्षण गरेर फर्किएका जानकारी दिनुभयो ।

प्रशस्त सम्भावना भएपनि पुर्बाधार र प्रचारप्रसारको अभावमा अन्नपूर्ण र धौलागिरी आधार शिविर ओझेलमा परेका छन् । पूर्बाधार निर्माण गरेर पर्यटक भित्र्याउन समुदाय, गाउँपालिका, प्रदेश र संघीय सरकार जुटेका छन् ।

यसैगरी रघुगंगा गाउँपालिका –२ भगवति स्थित कोत मन्दिर जिर्णोद्धारका लागि पर्यटन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागबाट पचास लाख रुपैयाँ बिनियोजन भएको थापाले जानकारी दिनुभयो । गत वर्ष ताकमकोतमा बिनियोजन भएको पचास लाख रुपैयाँबाट परम्परागत शैलिको जगन्नाथ मन्दिर निर्माण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...