नेपाली कम्युनिष्ट पार्टी म्याग्दीद्धारा उमेद्वारको नाम सिफारिस

Gandaki Ghumau

बेनी, ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ ।

बेनी स्थित पार्टी कार्यालयमा बिहिबार बसेको बैठकले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर वि.क., दुर्गा कार्की (बानियाँ)को नाम सिफारिस गरिएको नेता रेशम जुग्जाली सुविनले जानकारी दिनुभयो ।

Shreekrishna

समानुपातिकतर्फ गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरे, पुनम खड्का, मिना वि.क., दिलु बुद्धुजा र लालबहादुर चर्माकार (लालु किसान)को नाम सिफारिस भएको छ । वुद्धुजा यौनिक अल्पसंख्यक समुदायका हुनुहुन्छ । एकताको भावना र समावेशी मर्म अनुसार युवाहरुलाई प्राथमिकता दिएर सिफारिस गरेको नेताहरुले बताएका छन् ।

Gunasthariya Shiksya

बैठकमा नेकपाका नेता दिनानाथ शर्माले आगामी फागुन २१ गते घोषणा भएको निर्वाचन तोकिएकै मितिमा हुने राजनीतिक वातावरण बन्न थालेको बताउनुभयो । विगतमा भएका राजनीतिक उपलब्धी, संविधान र ब्यवस्था बचाउदै जेनजी पुस्ताको आन्दोलनको मर्म र भावना अनुसार देशलाई राजनीतिक निकाश दिन चुनावको विकल्प नभएको बताउनुभयो ।

नेता शर्माले राजनीतिक परिवर्तनको अगुवाई गरेको नेपाली कम्युनिष्ट पार्टीले शुसासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्ट्राचारको छानविनका लागि शक्तिशाली आयोग गठन, संबैधानिक निकायहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन योग्यता र क्षमताको आधारमा अवसर दिने प्रणाली विकास गराउने मुद्दा लिएर चुनावमा जाने बताउनुभयो ।

बैठकमा सहभागि नेताहरुले एकतावद्ध भएर निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए । पार्टी एकताको सन्देशसभा र चुनावी तयारीलाई संगसँगै अघि बढाउने कार्यक्रम बनाएको नेता सेरबहादुर केसीले बताउनुभयो ।

नेता कुशल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा आकाक्षीहरुले दावी प्रस्तुत गर्नुभएको थियो । दावी प्रस्तुत गरेका आकांक्षीहरुबीच छलफलपछि केन्द्रिय कमिटिको सिफारिस अनुसार सर्वसम्मत रुपमा नाम सिफारिस भएको हो । जसले उमेद्वारी पाएपनि सहयोग गर्ने र चुनाव जिताउन लाग्ने आकाक्षी तथा मन्तब्य व्यक्त गर्ने क्रममा नेताहरुले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...