यस्तो बन्दैछ रघुगंगाको प्रशासकीय भवन

Sinchai Khanipani notice

मौवाफाँट । म्याग्दको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवनको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त भएको जग्गा ब्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको रघुगंगाले पुर्बाधार निर्माणका लागि डिपिआर तयार पारेको हो । परामर्शदाता एडम इञ्जिनियरीङ सोलुसनले बिहीबार सुरु भएको गाउँसभामा प्रशासकीय र अस्पताल भवनको पिडिआर सार्वजनिक गरेका थिए ।

इञ्जिनियर सुवास पन्त र दिपेन न्यौपानेले भवन निर्माण हुने ठाउँको माटो परिक्षण, स्थलगत निरिक्षण र नापजाँच गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मापदण्ड अनुसारको डिपिआर तयार पारेको बताउनुभयो ।

Shreekrishna hardwear in news

अस्पताल, प्रशासकीय भवन र सभाहलको माटो परिक्षण सहित डिपिआर तयार पार्न गाउँपालिकाले सो कम्पनीसँग दश लाख ७५ हजार रुपैयाँमा सम्झौता गरेको थियो । तीन तले प्रशासकीय भवन निर्माणमा कर सहित नौ करोड ३२ लाख १६ हजार ६६० रुपैयाँ लागत अनुमान गरिएको डिपिआरमा उल्लेख छ ।

Bhautik ministry notice about road

तीन तलेनै हुने अस्पतालको भवन निर्माणमा कर सहित सात करोड नौ लाख सात हजार २४९ रुपैयाँ लागत अनुमान गरिएको छ । प्रशासकीय भवनको भुई तलामा अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्रशासन, लेखा, प्राबिधिक लगायतका शाखाको कार्यकक्ष प्रस्ताव गरिएको छ ।

दोस्रो तलामा बैठक कक्ष, शिक्षा, स्वास्थ्य, पशु सेवा, कृषि, महिला तथा बालबालिका र न्यायिक समितिको कार्यकक्ष बनाउन प्रस्ताव गरिएको छ । २५ शैयाँ क्षमताको अस्पतालका लागि आकस्मिक, बरिरंग, प्रशासनिक लगायत विभिन्न सुबिधा सम्पन्न संरचनाको प्रस्ताव गरिएको छ ।
चारै तिर घेराबार, प्रवेशद्धारबाट छिर्नेबित्तिकै बगैचा, आकर्षक बिद्युत र संरचना देखि पार्किङ स्थल बनाउन प्रस्ताव भएको छ । गाउँपालिकाको प्रशासनिक भवन लगायतका पुर्बाधार निर्माणका लागि मौवाफाँटमा साढे २४ रोपनी निजी जग्गा ब्यवस्थापन गरिएको छ ।

चक्लाबन्दि र ब्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जग्गा ब्यवस्थापन समितिका संयोजक हरि सुबेदीले बताउनुभयो । ५ रोपनी १६ वटा घडेरी बनाएर सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्ने र बाँकीमा गाउँपालिकाले संरचना बनाउने सम्झौता भएको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

३२ जना जग्गाधनी मध्य ९ जनाले साढे ८ रोपनी जग्गा निशूल्क उपलब्ध गराएका छन् । चालु आर्थिक वर्षमा बहुउद्देश्यीय सभाहल निर्माणका लागि ठेक्का सम्झौताको तयारी भएको छ । प्रशासकीय भवन बनाउन संघीय सरकारसँग साझेदारी गरिने गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...