पोखरेबगर चित्रे सडकको बिरौटा भुन्या खण्डमा ढलान गरिदै

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजना मार्फत प्रतिस्पर्धामा छनौट भएको निर्माण कम्पनीले काम थालेको हो ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर र घोडेपानी जोड्ने यो सडक पोखरा देखि मुस्ताङ जोड्ने बैकल्पिक पनि हो । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोक देखि भुन्या खण्डमा यसअघि सोलिङ भएको ठाउँमा आरसिसी ढलान गर्न थालिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“ढुङ्गाको सोलिङमा भएको ठाउँमा सवारी साधन सञ्चालन गर्न असहज भएपछि तीन सय मिटर भन्दा बढी लामो दुरीमा ढलान गरेर पक्की बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “सडक ढलान भएपछि स्थानीयबासीका साथै घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई सहज हुनेछ् ।”

पोखरेबगर देखि घोडेपानी जोड्ने २१ किलोमिटर दुरीको यो सडक अन्नपूर्ण गाउँपालिकाको ५ र ६ का बासिन्दाका साथै घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकहरुले प्रयोग गर्छन् । घोडेपानी देखि कास्कीको उल्लेरी बिरेठाँटी हुदै मध्य पहाडी लोकमार्गको नयाँपुलसम्म पनि सडकको मार्ग खुलेको छ ।

गण्डकी प्रदेश सरकार मार्फत पोखरेबगर–घोडेपानी सडकको चित्रे–घोडेपानी खण्डको तीन किलोमिटरमा फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । पोखरेबगर–बिरौटा खण्डको कुरमुनी र लुलीया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा रु. तीन करोड बिनियोजन गरेको थियो ।

स्थानीय पूर्वाधार आयोजना कास्की अन्तर्गतको उक्त योजनाको बजेट सरकारले रोक्का गरेकाले कार्यान्वयन प्रक्रीया अघि नबढेको र पहल भैरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । उक्त सडकको घोप्टेखर्कमा पहिरोका कारण साँघुरिएको सडकमा गाउँपालिकाले कुनातर्फ पर्खाल निर्माण गरेर फराकिलो पारि यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ ।
वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सो भन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...