मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्धारा म्याग्दीका सडक योजनाको अनुगमन

Gandaki Ghumau

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काम भएका योजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

म्याग्दीमा प्रदेश सरकार मार्फत सञ्चालित सडक आयोजनाहरुको शनिबार अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले काम गर्ने निर्माण कम्पनीलाई जसरी पनि भुक्तानीको व्यवस्था मिलाउने बताउनुभएको हो ।

“दायित्व सिर्जना भइसकेको योजनाको भुक्तानी गर्नुपर्ने जिम्मेवारीप्रति प्रदेश सरकार संवेदनशिल छ,” उहाँले भन्नुभयो “बजेट अभावकै कारण विकास आयोजनामा ढिलाई गर्नुपर्ने अवस्था आउन दिन्नौ । काम गर्ने निर्माण ब्यवसायीलाई जसरी पनि गरेको कामको भुक्तानी दिन्छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

चालु आर्थिक वर्षमा काम भइरहेका योजनाका लागि पर्याप्त बजेट नभएको निर्माण ब्यवसायीहरुले गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले काम नभएका र ठेक्का लगाउँदा बचेको बजेटलाई रकमान्तर गरेर भुक्तानीको ब्यवस्था मिलाउने बताउनुभयो ।

मुख्य मन्त्री पाण्डेले धारापानी–ताकम–शिवाङ, बेनी–दरवाङ, दाङखोला पुल र बेनी–पाखापानी सडक योजनाको अनुगमन गर्नुभएको थियो । म्याग्दीका सडक आयोजनामा सन्तोष जनक प्रगति देखिएको उहाँको भनाई थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा. महेन्द्र बानियाले जिल्लामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पाण्डेले बेनी–दरवाङ सडक अन्र्तगत फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. एक करोड बिनियोजन गरेको र संघीय सरकारबाट बेलिब्रिज प्राप्त हुने प्रक्रीयामा रहेको बताउनुभयो ।

उहाँले अलपत्र बनेको बेनी–दरवाङ सडकको तोलावाङ–दरवाङ खण्डलाई पूर्णता दिने र दाङखोला मोटरेबल पुल निर्माण कार्य अघि बढाउन सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...