रुम बिल्वाङमा आगलागीबाट एक घर जलेर नष्ट

Gandaki Ghumau

बेनी, म्याग्दीको मालिका गाउँपालिका –२ रुम बिल्वाङमा बिहिबार साँझ भएको आगलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।

Gunasthariya Shiksya

भिमबहादुर पुनको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगोलागीबाट ढुङ्गा, माटोले बनेको दुई तले घर, त्यहाँ रहेको अन्नपात, लत्ताकपडा, गरगहना, भाडाकुडा सबै जलेर नष्ट हुँदा करिब रु. २० लाख बराबरको क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले बताउनुभयो ।

घरबासविहिन भएका भिमबहादुरको तीन जनाको परिवारलाई छिमेकी आफन्तकहाँ अस्थायी बसोबासको ब्यवस्था मिलाएको, घर पुननिर्माण तथा राहतका लागि गाउँपालकामा पहल गर्ने वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । आगोलागी हुदाँ घरमा रहेका भिमबहादुरकी श्रीमती र एउटा बच्चा भागेर ज्यान जोगाएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...