म्याग्दीका हरिकृष्ण, नरदेवी र थममाया एमालेको केन्द्रिय सदस्यमा निर्वाचित हुँदा प्रकाश झिनो मतान्तरले पराजित

Gandaki Ghumau

बेनी, । राजधानी काठमाडौमा बिहिबार सम्पन्न नेकपा (एमाले)को ११ औ केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेद्वार बनेका तीन जना निर्वाचित हुँदा एक जना झिनो मतान्तरले पराजित भएका छन् ।

हरिकृष्ण श्रेष्ठ, नरदेवी पुन र थममाया थापा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित हुँदा म्याग्दीकै प्रकाश पौडेल २१ मतान्तरले पराजित हुनुभएको हो । गण्डकी प्रदेश खुल्लातर्फबाट श्रेष्ठले एक हजार सात सय ७० मत प्राप्त गर्नुभएको छ ।

कास्कीका कृष्ण थापाले एक हजार सात सय २७, तनहुँका केदार सिग्देलले एक हजार चार सय ९७, नवलपुरका तिलक महतले एक हजार पाँच सय पाँच र गोरखाका रामशरण बस्नेतले एक हजार चार सय १९ मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

एमाले म्याग्दीको दुई कार्यकाल नेतृत्व गरेका र गण्डकी प्रदेशको सचिवालय सदस्य रहेका श्रेष्ठले गण्डकीको भुगोलमा अरु उमेद्वारले भन्दा बढी मत प्राप्त गर्नुभएको हो । आदीवासी जनजाती महिला तर्फ म्याग्दीका नरदेवी पुनले एक हजार आठ सय २४ र थममाया थापाले एक हजार सात सय ४५ मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।

गण्डकी प्रदेशका युवातर्फ केन्द्रिय सदस्यको उमेद्वार बनेका कास्कीको रुपा गाउँपालिकाको दोस्रो कार्यकालको निर्वाचित अध्यक्ष रहेका नवराज ओझाले एक हजार एक सय २४ मत ल्याएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेलले एक हजार एक सय तीन मत प्राप्त गर्नुभयो । पौडेल अनेरास्ववीयुको अध्यक्षमा सात मतान्तरले पराजित हुनुभएको थियो ।

यसैगरी मुस्ताङको लेतेका सम्राट गौचनले एक हजार एक सय ८५ मत ल्याएर एमालेको एघारौ महाधिवेशनबाट आदिवासी जनजाती युवातर्फ केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...