गाउँसभामा पुग्यो रघुगंगाको अस्पताल बनाउने स्थान बिवाद

Gandaki Pardesh notice

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शैयाँ क्षमताको अस्पताल बनाउने ठाउँको बिवाद गाउँसभामा पुगेको छ ।

अस्पताल बनाउने स्थान टुङ्गाउने, बजेट संसोधन, बेरुजु फस्यौट, प्रगति समिक्षा, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन कार्यबिधीको बिषयमा छलफलका लागि गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि नवौ गाउँसभा सुरु भएको छ ।

कार्यपालिकाको छलफलमा अस्पताल बनाउने स्थान बिवाद समाधान हुन नसकेपछि बोलाइएको रघुगंगाको नवौ गाउँसभालाई स्थानीय र जिल्ला स्तरमा महत्वका साथ हेरिएको छ । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले पटक पटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनौट गरेर अस्पताल बनाउने बैधानिक बाटो खुलाउन गाउँसभामा लगिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

पहिलो दिनको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, ७ जना वडा अध्यक्ष र दुई जना गाउँसभा सदस्यहरुले अस्पताल बनाउने ठाउँको बिषयमा आफ्नो धारणा राख्नुभयो । उपाध्यक्ष कमला तिजीजा, भगवतिका वडा अध्यक्ष रिम कटुवाल र दग्नामका वडा अध्यक्ष रुकबहादुर गर्बुजाले सुरुमा गलत बुझाईका कारण सही निर्णय गर्न नसक्दा र सबैलाई पायक पर्ने ठाउँ छनौट नगरिएकाले अहिले कार्यान्वयनमा बिवाद देखिएको बताउुभयो ।

बेगका वडा अध्यक्ष बिलप्रसाद फगामी र वडा सदस्य तिलक तिलिजाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनौट गरेकाले बेगमै अस्पताल बन्नुपर्ने बताउनुभयो । चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुन र कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बेगमा अस्पताल बनाउन सर्मथन गर्नुभयो ।

भिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, वडा सदस्य कृष्ण पुन र पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले गाउँसभाको स्थायी केन्द्र कायम गर्ने क्रममा आपूmहरुलाई झुक्काइएको, त्यसबेला गरिएका प्रतिबद्धता कार्यान्वयनमा बेवास्ता भएको र अहिले पनि अस्पताल बनाउने ठाउँको बिवाद निकालेर जनता लडाउन खोजिएको टिप्पणी गर्नुभयो ।

वडा अध्यक्ष जिबनकुमार मल्ल लगायत पिप्लेका जनप्रतिनिधिहरुले भने गाउँसभाको बहिस्कार गरेका छन् । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्निति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउन खोजिएकाले बिरोधमा गाउँसभा बहिस्कार गरेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

एउटै वडा भएपनि पिप्लेकै स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्निति गर्नुपर्ने अडान राखेका पिप्लेका बासिन्दाहरुले मौवाफाँटमा अस्पताल बनाउने निर्णय नमान्ने भन्दै गाउँसभा अघि गाउँपालिकाका अध्यक्ष भण्डारीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका थिए ।

Bhautik ministry notice about road

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमका अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो । २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिका बासिलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाले ब्यवस्थापन गरेको जग्गामा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले अमुर्त शब्द राखेर निर्णय गरिएपनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सुचिमा पिप्लेलाई राखेको थियो । ठाउँको बिवादका कारण मंसिर १५ गते तय गरिएको अस्पताल शिलन्यास कार्यक्रम हुन सकेन् । चालु आर्थिक वर्षमा ८३ लाख रुपैयाँ बिनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्यौलमा परेको छ ।

अस्पताल बनाउन बेगका बासिन्दाले ९ रोपनी जग्गा ब्यवस्थापन गरेका वडा अध्यक्ष फगामीले बताउनुभयो । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पारिसकेको गाउँपालिकाले जनाएको छ ।

बिवाद बढेपछि मौवाफाँटमा २५ शैयाको अस्पताल बनाउने र बेगलाई तोकेर आएको अस्पताल बेगमै बनाउने बिषयको छलफलमा पिप्लेका जनप्रतिनिधि र अगुवाले आपत्ति जनाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुननिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ ।

ठेक्का लागिसकेको भवन वडा न. ७ चिमखोला अथवा झिँ मध्य कुनै एक ठाउँमा लैजान बेगबासीले प्रस्ताब गरेका छन् । बेगमा अस्पताल बनेमा छिमेकी भगवतिका केही बस्ती बाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने देखिन्छ ।

मन्त्रालयले पाँच देखि १५ शैयाँ क्षमताको अस्पताल बनाउन रघुगंगाको बेग, धवलागिरीको ताकम, मंगलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनौट गरेको थियो । धवलागिरी गाउँपालिकाले तीन वर्षअघि गरेको निर्णय संसोधन गर्दै गाउँसभा मार्फत ताकममै अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ ।

बेनीमा जिल्ला अस्पताल र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । सबैलाई पायक पर्ने हिसाबले अस्पताल बनाउन ठाउँ छनौट नगरिएको र गाउँपालिकाको पछिल्लो निर्णयको बिषयमा भेगिए राजनिति र आरोप प्रत्यारोपले बिवाद चुलिएको छ । अस्पताल बनाउने ठाउँको टुङ्गो लाग्छ अथवा बिवाद बढाउछ भन्ने बिषय गाउँसभामा जनप्रतिनिधिबिच हुने छलफल र निर्णयमा निर्भर हुने देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले अस्पताल बनाउने ठाउँ छनौटका साथै गाउँसभामा योजना कार्यान्वयनको समिक्षा, योजनाको बजेट रकमान्तर र शिर्षकान्तर, बेरुजु फस्यौटको बिषयमा पनि छलफल हुनेछ् । रघुगंगामा आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को एक करोड २८ लाख रुपैयाँ बेरुजु छ । शुक्रबार पुनः बस्नेगरी गाउँसभा स्थगित भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...